काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्गा प्रसाईँ र प्रहरीबीच फेरि विवाद भएको छ । झापाबाट काठमाडौँ फर्किने क्रममा विमानस्थलमा प्रहरीले सञ्चारकर्मीसँग प्रतिक्रिया दिन रोक लगाएपछि प्रसाईँ र प्रहरीबीच तनावको स्थिति सिर्जना भएको हो ।
प्रसाईँ आफ्ना सहयोगीसहित झापाबाट काठमाडौँ फर्किनुभएको थियो । उहाँको प्रतीक्षामा विमानस्थलमा युट्युबर तथा सञ्चारकर्मीहरू जम्मा भएका थिए । तर प्रहरीले विमानस्थल परिसरमा प्रतिक्रिया दिन रोक लगाएपछि प्रसाईँले प्रहरीप्रति आक्रोश व्यक्त गर्नुभएको थियो ।
त्यस क्रममा उहाँले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङविरुद्ध नाराबाजी गर्दै समर्थकसहित विमानस्थलबाट बाहिरिनुभएको थियो । प्रसाईँले प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङप्रति आपत्तिजनक शब्द प्रयोग गर्दै सरकारको आलोचना गर्नुभएको थियो ।
उहाँले संसद् भवन र सिंहदरबारमा आगजनी हुँदा प्रहरीको भूमिकामाथि प्रश्न उठाउँदै आक्रोश व्यक्त गर्नुभएको थियो ।
प्रहरीसँग भएको घम्साघम्सीका क्रममा दुर्गा प्रसाईँ नेतृत्वको नागरिक बचाउ महाअभियानका बागमती संयोजकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।






सुर्खेतका जंगलबाट एकै दिन १८
सानेपामा कांग्रेसको मतगणना, विश्वप्रकाश पार्टी
चाडपर्वको सुरक्षामा ८९६ प्रहरी परिचालन,
अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट
विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक