हेटौंडा । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–९ स्थित अघोर बजारनजिक सडक भासिएको छ ।
राजमार्गको सडकको तल्लो भाग भासिएपछि उक्त खण्डमा यातायात एकतर्फी मात्रै सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार बिहान करिब ९ः४० बजे सडक भासिएको हो । सडकलाई दुईतर्फी सञ्चालनमा ल्याउन सडक विभागसँग समन्वय गरी भासिएको स्थानमा वैकल्पिक ट्र्याक निर्माणको पहल भइरहेको छ ।
सडक दुईतर्फी सञ्चालनमा ल्याउने कार्यका लागि इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीको कमान्डमा ट्राफिक प्रहरीसहितको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।







मतदाता नामावली अद्यावधिक : काभ्रेमा
खेतमा बेसार, किसानलाई बजारको चिन्ता
पृथ्वी राजमार्गको गलौदी सडकखण्ड अपराह्न
विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको
झलारीमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता
चौध लाखभन्दा बढीका सामान र