काठमाडौं । कर्णाली प्रदेशको कालिकोटस्थित पचालझरना गाउँपालिका-५ बाँझकोटको देहूडु तथा त्यससँग जोडिएको संस्कृति, परम्परा र लोकविश्वास समेटिएको ‘देहूडु : अलौकिक ऊर्जा’ पुस्तक प्रकाशित भएको छ । गोपीकृष्ण ढुंगाना र डीबी नेपाली ‘दमु’ द्वारा लिखित पुस्तक इम्प्रिन्ट पब्लिशर्सले प्रकाशन गरेको हो । पुस्तकमा देहूडु जात्रा, कुमाल समुदायको जीवनशैली, वंशावली, सामाजिक जीवन, धार्मिक विश्वास, संस्कार तथा स्थानीय लोककथालाई स्थलगत अध्ययन र अनुसन्धानका आधारमा प्रस्तुत गरिएको छ ।
देहूडु जात्रामा धामीले हजारौं दर्शकका अगाडि फलामे लठ्ठी हातैले भाँच्ने परम्परालाई पुस्तकको मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको छ । यसलाई स्थानीय आस्था, साधना र पुर्खाको आशीर्वादसँग जोड्दै लेखकद्वयले उक्त परम्पराले आधुनिक विज्ञानका लागि समेत जिज्ञासा सिर्जना गर्ने बताउनुभएको छ ।
पुस्तकले देहूडु परम्पराको संरक्षण, दस्तावेजीकरण तथा प्रचार–प्रसारमार्फत कर्णालीको मौलिक संस्कृति र पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरेको छ । लेखकद्वयले लामो अनुसन्धान, स्थलगत अध्ययन, भेटघाट र संकलनपछि पुस्तक तयार गरिएको जानकारी गराउनुभएको छ ।






चाडपर्वको सुरक्षामा ८९६ प्रहरी परिचालन,
अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट
विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा
एमालेको केन्द्रीय कमिटीमा १३ जना