काठमाडौं । ई-स्पोर्ट्स संघ नेपाल (इशान) ले वार्षिक इभेन्ट क्यालेण्डर सार्वजनिक गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमलाई समावेश गर्दै इशानले वार्षिक इभेन्ट क्यालेण्डर सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको कार्यक्रममा लिग ढाँचाको नेपाल ई-स्पोर्ट्स लिगको घोषणा गरिएको छ । करिब तीन महिना चल्ने लिग समय तालिका राखेर संघले ई-स्पोर्ट्सको लिग प्रतियोगिताको घोषणा गरेको हो । यस्तै पब्जी मोबाइल ग्लोबल ओपन साउथ एसियन च्याम्पियनसिप भदौ ३१ गतेदेखि असोज ३ गतेसम्म सञ्चालन हुने तालिकामा दशौं राष्ट्रिय खेलकुदलाई समेत ई-स्पोर्ट्सको क्यालेण्डरमा समावेश गरिएको छ ।
यस्तै पुसमा इन्टर कलेज च्याम्पियनसिप र माघदेखि चैतसम्म नेपाल ई-स्पोर्ट्स लिगको समय तालिका राखिएको छ । संघका सचिव आशिष दाहालले वर्षभरि ई-स्पोर्ट्स गतिविधिलाई सञ्चालन गर्ने उद्देश्यका साथ क्यालेण्डर समावेश गरिएको बताउनुभयो । ‘नेपालको ई-स्पोर्ट्सलाई व्यावसायिक र व्यवस्थित बनाउने उद्देश्यसहित लिग संरचनाको प्रतियोगिता घोषणा गरेका छौं । यसले नेपालको ई-स्पोर्ट्समा नयाँ आयाम थप्ने विश्वास संघले लिएको छ’, सचिव दाहालले भन्नुभयो ।







विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा
एमालेको केन्द्रीय कमिटीमा १३ जना
गेरुवा नदीमा माछा मार्न गएकी
सरकार उल्टो बाटोमा हिँडिरहेको छ