काठमाडौँ । भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध गराउने भएको छ । भारतको ऊर्जा मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नेपाललाई विद्युत् उपलब्ध गराउने निर्णय भएको जनाएको हो ।
भारतले सेप्टेम्बर १३ देखि आगामी डिसेम्बर ३१ सम्म नेपाल विद्युत् प्राधिकरणलाई दैनिक राति १२ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् उपलब्ध गराउने जनाएको छ ।
भारतका अनुसार मुजफ्फरपुर–ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत अधिकतम ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत ५४ मेगावाट विद्युत् उपलब्ध गराइनेछ ।
भारतले सन् २०२७ जनवरीदेखि हुने विद्युत् निर्यातसम्बन्धी व्यवस्थाको सन् २०२६ डिसेम्बरमा समीक्षा गरिने जनाएको छ ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण जलविद्युत् आयोजनाका पूर्वाधारमा क्षति पुगेको छ । बाढीका कारण नेपालको विद्युत् उत्पादन तथा आपूर्ति प्रणालीमा समेत असर परेको अवस्थामा भारतले विद्युत् उपलब्ध गराउने निर्णय गरेको हो ।
भारतले कठिन परिस्थितिमा नेपाललाई सहयोग गर्न तथा ऊर्जा क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको जनाएको छ ।







बिपी राजमार्ग अवरुद्ध
कांग्रेसको मतगणना दिउँसो १ बजेपछि
१३ वर्षअघिको रक्तचन्दन तस्करी मुद्दामा
सडक भासिएपछि कलंकीमा मालवाहक सवारीसाधन
पृथ्वी राजमार्ग अवरुद्ध, बसपार्कभित्रै रोकिए
दूरसञ्चार प्राधिकरणले भन्याे : इन्टरनेटको