काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा हालसम्म रु १३ अर्ब ६८ करोड ७३ लाख ५४ हजार ६०६ मौज्दात रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ । हाल कोषमा रहेको रकममध्ये नौ वटा वाणिज्य बैंकका खातामा रु १० अर्ब ८ करोड ४३ लाख ८ हजार ५१७ मौज्दात रहेको छ ।
त्यसैगरी, दुई वटा वाणिज्य बैंकका खातामा २ करोड ३६ लाख १२ हजार ५९६ अमेरिकी डलर मौज्दात रहेको कार्यालयले जनाएको छ ।
यसअघि प्रधानमन्त्री राहत कोषबाट बाढी प्रभावित क्षेत्रका लागि रु एक अर्ब राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निकासा भइसकेको छ ।
बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका लागि कोषमा थप रकम सङ्कलन भइरहेको कार्यालयले जनाएको छ ।







बिपी राजमार्ग अवरुद्ध
कांग्रेसको मतगणना दिउँसो १ बजेपछि
१३ वर्षअघिको रक्तचन्दन तस्करी मुद्दामा
सडक भासिएपछि कलंकीमा मालवाहक सवारीसाधन
पृथ्वी राजमार्ग अवरुद्ध, बसपार्कभित्रै रोकिए
दूरसञ्चार प्राधिकरणले भन्याे : इन्टरनेटको