काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको स्थलगत निरीक्षण गर्नुभएको छ।
अस्पतालको गेटमै प्रसूति गर्नुपरेकी सप्तरीकी बविताकुमारी पासवानको घटनाबारे जानकारी लिन मन्त्री पोखरेल अस्पताल पुग्नुभएको हो। उहाँले उपचाररत पासवानसँग भेट गरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ।
अस्पताल प्रशासनका अनुसार आमा र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। पासवानको बेड नम्बर २२ मा उपचार तथा स्याहार भइरहेको जनाइएको छ।
निरीक्षणका क्रममा मन्त्री पोखरेलले अस्पतालको सेवा प्रवाह, पूर्वाधार तथा जनशक्तिको अवस्थाबारे जानकारी लिनुभएको थियो। उहाँले अस्पतालको सेवा विस्तार तथा सुदृढीकरणका लागि आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य सेवाको व्यवस्थापन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।







राशिफल २४ असोज, कन्या :
पश्चिमी र मनसुनी वायुको प्रभाव
नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित
अण्डाको उत्पादन र खपत बढाउन
पुरानो बस नचलाउन भनेका थियौँ
कति छ आज विदेशी मुद्राको