काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विश्वचर्चित क्रिकेटर डेभिड वार्नर जोडिएका छन्। अष्ट्रेलियाका सुपरस्टार तथा विस्फोटक ओपनर वार्नरलाई काठमाडौं गोर्खाजले आफ्नो टोलीमा अनुबन्ध गरेको हो।
काठमाडौं गोर्खाजले मंगलबार सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै वार्नरलाई टोलीमा स्वागत गरेको छ। फ्रेन्चाइजले वार्नरको अनुबन्धनको औपचारिक पुष्टि गरेसँगै एनपीएलको तेस्रो संस्करण थप चर्चामा आएको छ।
वार्नर एनपीएलमा जोडिने अहिलेसम्मकै ठूला अन्तर्राष्ट्रिय क्रिकेट स्टार बनेका छन्। यसअघि एनपीएलको पहिलो संस्करणमा भारतीय स्टार शिखर धवन कर्णाली याक्सबाट तथा दोस्रो संस्करणमा दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस विराटनगर किङ्सबाट खेलेका थिए।
तर टी–२० क्रिकेटमा वार्नरको अन्तर्राष्ट्रिय प्रभाव र उपलब्धि उनीहरूभन्दा पनि माथिल्लो स्तरको मानिन्छ। अष्ट्रेलियालाई अन्तर्राष्ट्रिय क्रिकेटमा विभिन्न ठूला सफलता दिलाएका वार्नर आक्रामक ब्याटिङका लागि विश्वभर परिचित छन्।
काठमाडौं गोर्खाजले वार्नरलाई टोलीमा भित्र्याएसँगै एनपीएलको तेस्रो संस्करणमा अन्तर्राष्ट्रिय क्रिकेटका ठूला खेलाडीको आकर्षण अझ बढ्ने अपेक्षा गरिएको छ।
वार्नरको आगमनले एनपीएलको स्तर, दर्शक आकर्षण र अन्तर्राष्ट्रिय चर्चामा थप प्रभाव पार्ने देखिएको छ।






सानेपामा कांग्रेसको मतगणना, विश्वप्रकाश पार्टी
चाडपर्वको सुरक्षामा ८९६ प्रहरी परिचालन,
अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट
विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा