काठमाडौं । वरिष्ठ गायिका मीरा राणा एकल सांगीतिक साँझमा प्रस्तुत हुनुहुने भएको छ । आगामी ४ असोजमा कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा आयोजना हुने कार्यक्रममा राणाले आफ्ना कालजयी गीत प्रस्तुत गर्नुहुनेछ । क्यान्सर पीडितको सहयोगार्थ आयोजना हुनलागेको कार्यक्रममा संकलित रकम सोही उद्देश्यमा खर्च गरिने आयोजकले जनाएको छ । राणा स्वयं क्यान्सर विजेता हुनुहुन्छ । क्यान्सरकै कारण पति गुमाएपछि उहाँले ‘मीरा राणा क्यान्सर समाज’ स्थापना गर्नुभएको थियो ।
७५ वर्षीया राणाको सांगीतिक यात्राका चर्चित गीतहरू कार्यक्रममा प्रस्तुत गरिनेछन् । राणाले स्वर तथा संगीत दिएका करिब दुई दर्जन गीतमा उहाँसँगै शम्भुजीत बास्कोटा, रामभक्त जोजिजु, कपिल लोहनी, कृष्णगोपाल श्रेष्ठ, योगेन्द्र उपाध्याय, छिरिङ भुटिया तथा क्यान्सर विजेता गायिकाद्वय तारा थापा र संगीता थापालगायतले प्रस्तुति दिनुहुनेछ ।
त्यसैगरी निशा देशार, रूपी सिंह, माण्डवी त्रिपाठी, सविना कार्की, इतु जोजिजु, शितल थापा र युनिशा देशारलगायत गायक–गायिकाले पनि राणाका चर्चित गीत गाउने जनाइएको छ । कार्यक्रममा राणाले स्वरसम्राट नारायणगोपालसँग गाएको ‘तिमी देउ या नदेऊ’, ‘मेरो जोवन लैजाऊ’, ‘आँखैमा कसैको तस्वीर बसेछ’ र ‘बैनीको दया छ भने’लगायत गीत प्रस्तुत गर्नुहुनेछ ।
त्यस्तै, शम्भुजित बास्कोटासँग उहाँले गाएका ‘नाच्देऊ मैच्याङ’ र ‘सिन्धुपाल्चोक जिल्लामा’, कुमार बस्नेतसँगको ‘मादल घनघन घन्काउँ कि’ तथा ‘लेक फुल्यो लालीगुराँस’लगायत गीत पनि कार्यक्रममा गुञ्जिनेछन् । राणाका एकल गीत ‘मखमली चोलो चाहिँदैन’, ‘मात चढेको साँझ’, ‘नशालु रात’, ‘मेरो पाउमा आज’, ‘साम्द सदा शिव’, ‘बिर्सिएर मैले फेरि’, ‘आजसम्म जसरी बाँचेर आएँ’ र ‘मेरो फूललाई वसन्त भयो’लगायत गीतसमेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।







जेन्जी आन्दोलनमा मकवानपुरका कारागार र
मधेश प्रदेशमा छ वर्षमा २८
रिपब्लिकनले काङ्ग्रेस नियन्त्रण कायम राखे
मन्त्रिपरिषद्को बैठक बस्दै
एसीसी प्रिमियर कप क्रिकट :
जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा