काठमाडौं । निखिल उप्रेतीको निर्माण, लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘आचार्य’को रोमान्टिक गीत ‘लै बरी लै’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा निखिल उप्रेती र सजिना श्रेष्ठ फिचर्ड हुनुहुन्छ ।
एक्सन भूमिकामा बढी देखिँदै आउनुभएका निखिललाई गीतमा भने रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । युग भुसालको शब्द तथा संगीत रहेको गीतमा गौरांगा शेखर शर्मा र ज्योत्स्ना जौडाको स्वर छ ।
‘आचार्य’मा निखिल र सजिनासँगै दक्षिण भारतीय कलाकार रघु बाबु र रघु करुमञ्ची, बलिउड कलाकार दीपजंग राणा र रोहित चौधरी तथा पूर्णिका सिजापतीलगायत कलाकारको अभिनय छ । चलचित्रको छायांकन सौरभ लामा, मनु विक र नवराज थापाले गर्नुभएको हो ।
शुक्रराज शाहले एक्सन निर्देशन गर्नुभएको छ भने बन्दे प्रसादले सम्पादन गरिरहनुभएको छ । चलचित्र आगामी असोज ९ गतेदेखि नेपालभर प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।







फैसला कार्यान्वयन नहुँदा नागरिकमा न्यायालयप्रतिको
बाँकेमा फरार १७१ जना कैदी
नेपाल एसीसी प्रिमियर कप क्रिकेट
विपद् प्रतिकार्यमा विपक्षी दलहरु सरकारसँगै
भोटेकोशी बाढीपछि सरकारको राहत-उद्धार कार्यबारे
न्यायाधीश रेग्मी र अख्तियार प्रमुख