काठमाडौं । ओप्सना फिल्मस्को आयोजनामा तेस्रो ‘राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड-२०८३’ सम्पन्न भएको छ । काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डको सभा हलमा आयोजित समारोहमा गीतसंगीत तथा चलचित्र क्षेत्रका विभिन्न विधाका सर्जक तथा कलाकारलाई अवार्ड तथा सम्मान प्रदान गरिएको हो ।
आयोजक संस्था ओप्सना फिल्म्सका निर्देशक ओमप्रकाश राईको सभापतित्व तथा विशिष्ट कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ‘संगीत नै हो हाम्रो नाम, संगीत नै हो हाम्रो पहिचान’ भन्ने नारासहित गीतसंगीत र चलचित्र क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरिएको थियो । अवार्ड समारोहमा पब्लिक च्वाइससहित गीत-संगीत तथा चलचित्र क्षेत्रका विभिन्न २४ विधामा अवार्ड वितरण गरिएको आयोजकले जनाएको छ ।
समारोहमा विशिष्ट गायक दीपक खरेल र वरिष्ठ गीतकार बुद्धवीर लामालाई ‘संगीत जीवन साधना सम्मान’ प्रदान गरिएको थियो । त्यस्तै, वरिष्ठ गायक आनन्द कार्की र प्रदीपराज पाण्डेलाई ‘विशिष्ट गायन रत्न सम्मान’, सम्मान प्रदान गरिएको थियो ।
यसैगरी निखिल उप्रेती, सञ्चिता लुइँटेल र पूजना प्रधान गुरुङलाई ‘विशिष्ट चलचित्रकर्मी सम्मान’ प्रदान गरिएको थियो । अशोक मुकारुङलाई गायक तथा संगीतकार सम्मान, किशोर झालाई चलचित्रकर्मी सम्मान, पुष्कर सुनुवारलाई गायक सम्मान, चित्र आठपहरियालाई गायक तथा संगीतकार सम्मान, सुनिता कुँवरलाई ट्याटु कलाकार सम्मान, प्रशान्त पाराङदेन लिम्बु र कविता राईलाई सम्मान, श्रीकृष्ण विष्टलाई निर्माता सम्मान तथा निमा शेर्पालाई गायक सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।
अवार्डतर्फ सर्वोत्कृष्ट राष्ट्रिय भाव गीतको अवार्ड ‘यो देशले तिम्रो’ले प्राप्त गरेको छ । सर्वोत्कृष्ट भजन गायकमा मोतिराज खनाल, सर्वोत्कृष्ट गीतकारमा चन्द्र जयपाल राई, सर्वोत्कृष्ट पप गायिकामा तपस्या राई, सर्वोत्कृष्ट पुरुष मोडेलमा ज्ञानदीप सुवेदी र सर्वोत्कृष्ट लोक गायकमा सोम गुरुङ पुरस्कृत हुनुभयो ।
त्यस्तै, सर्वोत्कृष्ट संगीतकारमा सुरेश राई, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकमा किशोर सुब्बा, सर्वोत्कृष्ट आधुनिक गायकमा मेघराज रानोहन्छा, सर्वोत्कृष्ट लोक आधुनिक गायिकामा सुनिता राई, सर्वोत्कृष्ट युगल गायिकामा मेनुका राई तथा सर्वोत्कृष्ट आधुनिक गीतकारमा कुमार केरुङले अवार्ड प्राप्त गर्नुभयो ।
सर्वोत्कृष्ट लिम्बु पालाम गायकमा भीमकुमार तुम्बापो, सर्वोत्कृष्ट भिडियो सम्पादकमा मोहन सुनुवार, सर्वोत्कृष्ट लोक पूर्वेली गायिकामा सुमी चाम्लिङ राई, तीज गीत विधामा स्वेता कार्की र लोक युगल निर्देशकमा शिवजी क्षेत्री पुरस्कृत हुनुभयो । वर्षका उत्कृष्ट चलचित्र निर्देशकको अवार्ड हस्तबहादुर लिबाङ (लिम्बु)ले प्राप्त गर्नुभयो ।
समारोहमा पब्लिक च्वाइसतर्फ सर्वोत्कृष्ट युगल गायकमा बबिना किराती र सुमन राई, सर्वोत्कृष्ट राष्ट्रिय भाव गीतमा टेकबहादुर, सर्वोत्कृष्ट गीतकारमा मीरादेवी राई, सर्वोत्कृष्ट पप गायिकामा सरगम राई, सर्वोत्कृष्ट लोक गायकमा रामचन्द्र चन्द तथा सर्वोत्कृष्ट भिडियो निर्देशकमा कुबेर तामाङलाई अवार्ड प्रदान गरिएको थियो ।
कार्यक्रमका लागि संगीतकार राजु सिंह, संगीतकार तथा संगीत संयोजक अशोक लोहोरुङ राई, चलचित्र निर्देशक तथा कलाकार उदय सुब्बा र हास्य कलाकार दिवाकर भण्डारी जुरी सदस्यका रूपमा रहनुभएको थियो ।
समारोह सेसेमी लिम्बुले सञ्चालन गर्नुभएको थियो थिइन् भने अतिथिको स्वागत अवार्ड कमिटीकी प्रमुख संयोजक पेमा शेर्पा राईले गर्नुभएको थियो । कार्यक्रममा वरिष्ठ चलचित्र निर्देशक सागर सुब्बा, वरिष्ठ सर्जक तथा कलाकार हस्त लिबाङ, गीतकार डीआर राई, संगीत उद्योग संघका अध्यक्ष सूर्यबहादुर मगर तथा सञ्चारकर्मी माधवराज खरेल र तुलसी गिरी ‘भावुक’लाई लगायतको उपस्थिति थियो ।







सुनसान छन् सौराहाका होटल, पर्यटक
ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी