काठमाडाैं । १६ वर्षीय म्याक्स डोउम्यानले दुई गोल गरेपछि आर्सनल काराबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा आर्सनलले इप्सविच टाउनलाई ४–२ गोलले पराजित गरेको हो । आर्सनलका लागि डोउम्यानले दुई गोल गर्दा नोनी मडुके र मिकेल मेरिनोले समान एक गोल गर्नुभयाे ।
इप्सविचका लागि जाकब ग्रिभ्स र जर्ज हर्स्टले गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सक्नुभएन ।
आर्सनलको जितमा डोउम्यान मुख्य आकर्षण बने। १६ वर्षको उमेरमै एकै खेलमा दुई गोल गर्दै उहाँले क्लबका लागि विशेष कीर्तिमानसमेत बनाउनुभयाे ।
यस जितसँगै आर्सनल काराबाओ कपको अन्तिम १६ मा पुगेको छ ।







ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न