काठमाडौं । दक्षिण कोरियामा नेपाली कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहने ‘सेवारो सांगीतिक सौगात’ कार्यक्रम आयोजना हुनेभएको छ । किरात याक्थुङ चुम्लुङ, बुसान शाखाको आयोजनामा आगामी सेप्टेम्बर २५ मा उक्त कार्यक्रम हुनलागेको हो ।
दक्षिण कोरियाको प्रमुख पर्वमध्ये एक छुसकको अवसर पारेर कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । कार्यक्रमबाट संकलित रकम आपत्कालीन राहत कोष तथा सेल्टरको सहयोगमा खर्च गरिने आयोजकको भनाइ छ ।
कार्यक्रममा गायक षडज लिम्बु सम्बाहाम्फे, एकदेव लिम्बु एण्ड ब्याण्ड तथा गायिका मेचु धिमालले सांगीतिक प्रस्तुति दिनुहुनेछ । सिर्जना लिङ्लेकुले कार्यक्रमको प्रस्तोताको भूमिका निर्वाह गर्नुहुने जनाइएको छ । त्यस्तै, कार्यक्रममा दक्षिण कोरियामा रहेका स्थानीय कलाकारहरू अर्जुन सुब्बा, हेमन्त गुरुङ, संगम सेर्मा, प्रमी राई, तुफान मगर र प्रकाश गिरीलगायतको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ ।







ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न