काठमाडौं । प्रशान्त महासागरको मध्य तथा पूर्वी भागमा समुद्री सतहको तापक्रम असामान्य रूपमा बढ्दा उत्पन्न हुने जलवायु घटना एल् निन्योका प्रभावबारे जनचेतना जगाउने उद्देश्यले तयार गरिएको गीत सार्वजनिक गरिएको छ । प्रकृति र प्रेमलाई विषयवस्तुसँग जोडेर तयार पारिएको उक्त गीत डा.पुष्पराज पन्तले रचना गर्नुभएको हो ।
गीतमा विश्वकीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले संगीत दिनुभएको छ भने अनन्त अजयको स्वर छ । गीत सेप्टेम्बर १६ अर्थात् भदौ ३१ गते विश्व ओजोन तह बचाउ दिवसको अवसर पारेर गोल्डेन क्रियशनमार्फत सार्वजनिक गरिएको हो ।
एल् निन्योका कारण विश्वका विभिन्न क्षेत्रमा मौसमको स्वरूपमा असामान्य परिवर्तन देखिने गर्छ । कतिपय क्षेत्रमा अत्यधिक गर्मी र खडेरी निम्तिने तथा अन्य क्षेत्रमा असामान्य वर्षा र बाढीको जोखिम बढ्ने गर्छ । यसको प्रभाव कृषि उत्पादन, खाद्य सुरक्षा, पानीका स्रोत, वन डढेलो, मानव स्वास्थ्य तथा मत्स्य उत्पादनमा पर्नेगर्छ ।
गीतमार्फत एल् निन्यो र जलवायु परिवर्तनका प्रभावबारे सर्वसाधारणमा जानकारी तथा वातावरण संरक्षणप्रति चेतना अभिवृद्धि गर्ने प्रयास गरिएको निर्माणपक्षले जनाएको छ । जलवायुजन्य समस्याले मानव स्वास्थ्य, खाद्य सुरक्षा, अर्थतन्त्र र जीविकोपार्जनमा पार्ने प्रभावलाई प्रकृति र मानवीय संवेदनासँग जोडेर गीत प्रस्तुत गरिएको बताइएको छ । गोल्डेन क्रियशनले वातावरणीय विषयलाई सिर्जनात्मक माध्यमबाट आम मानिससम्म पुर्याउने उद्देश्यले गीत सार्वजनिक गरेको जनाएको छ ।







उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज
रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या
जेनजी आन्दोलनका सहिदको अनुहारसँग सालिक