एजेन्सी । बलिउड अभिनेत्री तापसी पन्नू यतिबेला कामबाट फुर्सद निकालेर बिदा मनाइरहनुभउको छ । उहाँ पति तथा आफ्ना गर्ल ग्याङसँग विदेशी रमणीय गन्तव्यमा क्वालिटी टाइम बिताइरहनुभएको छ । तापसीले सामाजिक सञ्जालमार्फत बिदाका विभिन्न तस्वीर सार्वजनिक गरिरहनुभएको छ । उहाँका पछिल्ला तस्वीरमा समुद्र किनारमा बोल्ड अवतारमा देखिनुभएको छ ।
कालो मोनोकिनीमा देखिनुभएकी तापसीले समुद्र किनारमा क्याप र गगल्स लगाएर कूल लुकमा पोज दिनुभएको छ । अर्को तस्वीरमा उहाँ बालुवामा बिकिनी लगाएर बस्नुभएको छ । उहाँका क्यान्डिड तस्वीरले सामाजिक सञ्जालमा फ्यानको ध्यान तानेको छ ।
बिदाका क्रममा तापसीले पति म्याथियास बोएसँग डेट नाइटसमेत एन्जोय गर्नुभएको छ । त्यस्तै, उहाँ आफ्ना गर्ल ग्याङसँग रमाइलो गर्दै गरेको तस्वीर पनि सार्वजनिक गर्नुभएको छ । कामको व्यस्तताबीच तापसीले अहिले बिदाको समयलाई भरपूर आनन्द लिइरहनुभएको छ । उहाँका पछिल्ला तस्वीरमा फ्यानहरूले विभिन्न प्रतिक्रिया दिँदै उहाँको बोल्ड तथा कूल अवतारको प्रशंसा गरिरहेका छन् ।
तापसीले सन् २०१३ मा ‘चश्मे बद्दुर’ बाट बलिउड फिल्ममा डेब्यू गर्नुभएको थियो । साउथ फिल्मकी अभिनेत्री तापसी बलिउडमा पनि आफ्नो नाम चम्काउन सफल हुनुभएको छ । उहाँले कयौं फिल्म खेलिसक्नुभउको छ जसमध्ये अधिकांश फिल्म हिट छन् । उहाँले आफ्नो अभिनयको कारण अवार्ड पनि जित्नुभएको छ । आफ्नो ‘झल्ली’ लुक्सका कारण उहाँ सधैं चर्चामा आइरहनुहुन्छ ।







सुनसान छन् सौराहाका होटल, पर्यटक
ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी