काठमाडौं । यही असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘झिंगे दाउ २’को नयाँ गीत ‘ए माया नजिकै सर’ सार्वजनिक भएको छ । ओएसआर डिजिटलमार्फत मंगलबार सार्वजनिक गीत दशैँसँग सम्बन्धित छ ।
अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा रामचन्द्र काफ्ले र शान्तिश्री परियारको स्वर छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी र कुशल विष्ट देखिनुभएको छ । दशैँको परिवेश झल्काउने भिडियोमा रातो टीका र जमरामा कलाकारलाई प्रस्तुत गरिएको छ भने रोटे पिङको दृश्यसमेत समेटिएको छ ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्रमा सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी छ । रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माता रहेको चलचित्रमा केकी, आँचल, महेश, कुशलसँगै आर्यन सिग्देल, सरोज खनाल, बसुन्धरा भुसाललगायत कलाकारको अभिनय छ ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको चलचित्रमा गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन छ । चलचित्र कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्माण भएको हो । यो चलचित्रको बुधबार काठमाडौंमा प्रिमियर शो गरिएको थियो । जहाँ यसले तारिफ बटुल्न सफल भएको थियो ।







सुनसान छन् सौराहाका होटल, पर्यटक
ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी