काठमाडौं । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस युनाइटेड नेसन-२०२६’मा नेपालका तर्फबाट स्नेहा राउतले प्रतिनिधित्व गर्ने हुनुभएको छ । ग्रीन आर्ट्स मिडिया प्रालिले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राउतलाई ‘मिस युनाइटेड नेसन नेपाल २०२६’को ताज पहिर्याउँदै प्रतियोगिताका लागि आधिकारिक प्रतिनिधि घोषणा गरेको हो ।
भारतको नयाँदिल्लीमा आगामी अक्टोबर ५ देखि आयोजना हुने प्रतियोगितामा ललितपुरकी २४ वर्षीया राउत नेपालको एकल प्रतिनिधिका रूपमा सहभागी हुनुहुनेछ । उहाँले थाइल्याण्डबाट ब्याचलर इन बिजनेस स्टडिज पूरा गर्नुभएको छ ।
कार्यक्रममा अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य, फोटोग्राफर महेश प्रधान, फेसन कोरियोग्राफर तथा पेजेन्ट निर्देशक अनिला श्रेष्ठ र ग्रीन आर्ट्स मिडियाका सिइओ प्रवीणप्रसाद लाकौललगायतले राउतलाई शुभकामना दिनुभयो ।
राउतले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कला, संस्कृति, सौन्दर्य, प्रतिभा र पहिचानलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने बताउनुभयो । प्रतियोगिताका लागि उहाँको व्यक्तित्व विकास, प्रशिक्षण तथा प्रस्तुति तयारीमा अनिला श्रेष्ठले सहजीकरण गर्ने जनाइएको छ ।







ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न