काठमाडौँ । नेपाली काँग्रेसका सचेतक निश्कल राईले विपद् व्यवस्थापनका लागि स्पष्ट कार्यादेश (टीओआर) सहित संसदीय समिति गठन गर्न सरकारसँग माग गर्नुभएको छ ।
बुधबार संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै सचेतक राईले विपद् व्यवस्थापनमा सबै राजनीतिक दललाई सहभागी गराउन संसदीय समिति गठन गर्न सत्तारुढ दलका सभापतिलाई समेत आग्रह गरिएको बताउनुभयो ।
विपद् कुनै पक्ष वा प्रतिपक्षको विषय नभई साझा विषय भएकाले काँग्रेस सरकारलाई सर्तरहित सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो । त्यसका लागि सरकारको तदारुकता र प्रभावकारी समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो ।
सचेतक राईले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्रीको प्रत्यक्ष सहभागिता नदेखिएकोप्रति समेत प्रश्न उठाउनुभयो । उहाँका अनुसार बुधबारको बैठकमा सत्तारुढ दलका सभापति, प्रमुख प्रतिपक्षी दलका सभापति तथा पूर्वप्रधानमन्त्रीहरू सहभागी भए पनि प्रधानमन्त्रीको उपस्थिति थिएन ।
“विपद्का बेला सबै पक्षलाई विश्वासमा लिएर अघि बढ्नुपर्छ । सरकारबाटै यस्ता पहल र प्रधानमन्त्रीको उपस्थिति भएको भए काम अघि बढाउन अझ सहज हुन्थ्यो,” उहाँले भन्नुभयो ।
उहाँले विपद्पछि खोज तथा उद्धारसँगै पुनःस्थापना र पुनर्निर्माणका कामलाई योजनाबद्ध ढङ्गले अघि बढाउनुपर्ने बताउनुभयो । रसुवालगायत प्रभावित क्षेत्रमा देखिएका कमीकमजोरी सुधार गर्दै पुनर्निर्माणको स्पष्ट योजना बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।







बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र
सुनसान छन् सौराहाका होटल, पर्यटक
ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा