काठमाडौं । बागमती प्रदेशका पूर्व युवा तथा खेलकुद खेलकुदमन्त्री एवं वर्तमान सांसद मीनकृष्ण महर्जनले २०औँ एसियाली खेलकुदमा पदक जित्ने उसु खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ । ललितपुर जिल्ला खेलकुद विकास समिति र ललितपुर जिल्ला उसु संघले टोलीको सम्मानमा आयोजना गरेको बिदाइ तथा शुभकामना कार्यक्रममा महर्जनले नगद पुरस्कार घोषणा गरेको नेपाल उसु महासंघका उप-महासचिव राजीव महर्जनले जानकारी दिनुभयो । महर्जनले प्रोत्साहन स्वरुप स्वर्ण जित्ने खेलाडीलाई एक लाख ५० हजार, रजतलाई एक लाख र कांस्यलाई ५० हजार नगद पुरस्कार प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले ट्र्याकसुट पनि प्रदान गर्नुभएको थियो । यसअघि पूर्व उसु खेलाडीहरूले पनि एसियाडमा कुनै पनि पदक जित्ने खेलाडीलाई ५० हजार नगद पुरस्कार दिने घोषणा गरेका थिए ।
जापानको आइची/नागोयमा असोज ३ देखि १८ गतेसम्म हुने एसियाडमा नेपालबाट उसुमा थाउलो र सान्सौंमा गरी १० खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालबाट आठ पुरुष र दुई महिला खेलाडी सहभागी हुँदैछन् । थाउलोमा छ र सान्सौंमा चार खेलाडीले चुनौती पेश गर्नेछन् ।
थाउलोमा विजय सिञ्जाली, हरिप्रसाद गोले, राजीव तामाङ, सुस्मिता तामाङ, दीपक हमाल र सविता राईले खेल्नुहुनेछ । सान्सौंमा रोहित चुनारा, अमर सुनार, सञ्जीव महर्जन र रिता ठकुल्ला सहभागी हुनुहुनेछ । थाउलो प्रशिक्षकमा प्रकाश महर्जन तथा सान्सौं प्रशिक्षकमा तुल्सीनन्द बज्राचार्य हुनुहुन्छ ।







सुनसान छन् सौराहाका होटल, पर्यटक
ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी