काठमाडौं । बुढानीलकण्ठ यू-१६ ब्वाइज टी वान रग्बी प्रतियोगिता आगामी असोज २ गते काठमाडौंमा हुने भएको छ । नेपाल विद्यालय रग्बी आयोगको आयोजनामा बुढानीलकण्ठ नगरपालिकास्थित-१० मा बुढानीलकण्ठ यू-१६ ब्वाइज टी वान रग्बी प्रतियोगिता हुन लागेको हो । नेपाल विद्यालय रग्बी कमिसनले विद्यालय तथा कलेजस्तरमा रग्बी खेलको विस्तारसँगै नियमित प्रशिक्षण र प्रतियोगितालाई निरन्तरता दिँदै आएको जनाएको छ ।
नेपाल विद्यालय रग्बी आयोगले प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिता बुढानीलकण्ठ नगरपालिका–१० स्थित आकाशेधाराको ह्याण्डबल बहुउद्देश्यीय खेल मैदानमा हुने भएको छ । उक्त प्रतियोगितामा २० विद्यालयले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुने नेपाल विद्यालय रग्बी कमिसनका अध्यक्ष जेबी (दीपक) अधिकारीले जानकारी दिनुभयो ।
प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र चौथो हुने टोलीले ट्रफी, पदक, प्रमाणपत्र तथा नगद पुरस्कार पाउनेछन् । उक्त प्रतियोगिताका लागि करिब पाँच लाख रुपैयाँ खर्च हुने कमिसनले जनाएको छ । कमिसनले हरेक वर्ष विभिन्न अवसरमा विद्यालयस्तरीय रग्बी प्रतियोगिता आयोजना गर्दै आएको नेपाल विद्यालय रग्बी कमिसनका अध्यक्ष अधिकारीले बताउनुभयो । विद्यालयस्तरमा रग्बी खेलको आधार बलियो बनाउँदै आगामी दिनमा थप विद्यालयमा प्रशिक्षण तथा प्रतियोगिता विस्तार गर्ने कमिसनको योजना रहेको उहाँको भनाइ छ । यसै महिनामात्र कमिसनले ब्वाइज तथा गर्ल्सतर्फ गरी २२ टोलीको सहभागितामा रग्बी प्रतियोगिता गरेको थियो ।
२०७५ सालमा गठन भएको कमिसनले नेपालका सातै प्रदेशमा विद्यालय तथा कलेजस्तरमा रग्बी खेल विस्तार गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । विद्यार्थीलाई रग्बी खेलतर्फ आकर्षित गर्दै दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ कमिसनले प्रशिक्षण तथा प्रतियोगितालाई प्राथमिकता दिएको जनाएको छ । कमिसनका अनुसार हाल देशभर एक सयभन्दा बढी विद्यालयमा रग्बीको नियमित प्रशिक्षण भइरहेको छ । विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रशिक्षक, खेलाडी तथा सम्बन्धित पदाधिकारीको समन्वयमा प्रशिक्षण कार्यक्रम सञ्चालन हुँदै आएका छन् । विद्यार्थी, अभिभावक तथा खेलप्रेमीको सहयोग र सहभागिताले विद्यालयस्तरमा रग्बीको विकासमा थप योगदान पुग्ने कमिसनले जनाएको छ ।







ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न