काठमाडौं । जापानको आइची-नागोयमा जारी एसियन गेम्स २०२६ अन्तर्गत महिला भलिबलमा नेपालले पहिलो खेलमै आयोजक जापानसँग सोझो सेटमा पराजय बेहोरेको छ । नेपाल जापानसँग २५-८, २५-१२ र २५-११ को सोझो सेटमा पराजित भएको हो । विश्व वरीयतामा महिलातर्फ छैटौं तथा एसियामा शीर्ष स्थानमा रहेको जापानविरुद्ध नेपालले अपेक्षाकृत चुनौती प्रस्तुत गर्न सकेन ।
जापानविरुद्धको खेलमा नेपालले तीनै सेटमा सुरुदेखि नै दबाब सामना गरेको थियो । जापानले लगातार अंक जोड्दै खेल आफ्नो नियन्त्रणमा राखेको थियो ।
नेपालले अब प्रतियोगिताको दोस्रो खेल इण्डोनेसियासँग आज (बिहीबार) खेल्नेछ । उक्त खेल नेपालको अर्को चरणको सम्भावनाका लागि महत्त्वपूर्ण हुनेछ । इण्डोनेसियालाई पराजित गर्न सके नेपालले क्वाटरफाइनल प्रवेशको सम्भावना कायम राख्नेछ । पराजित भएमा भने नेपालले क्लासिफिकेसन म्याच खेल्नुपर्नेछ ।
एफआइभिबीको महिला विश्व वरीयतामा नेपाल ६९औँ स्थानमा छ भने इण्डोनेसिया ५३औँ स्थानमा रहेको छ । एसियाली वरीयतामा पनि इण्डोनेसिया नवौं र नेपाल ११औँ स्थानमा छन् । जापानसँगको खेलपछि अब नेपालले इण्डोनेसियाविरुद्ध सुधारिएको प्रदर्शनसहित जित निकाल्ने लक्ष्य राखेको छ ।







रिपब्लिकनले काङ्ग्रेस नियन्त्रण कायम राखे
मन्त्रिपरिषद्को बैठक बस्दै
एसीसी प्रिमियर कप क्रिकट :
जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा
फैसला कार्यान्वयनमा सरकारी निकायबाटै ढिलाइ
कानूनमन्त्री गौतमलाई काँग्रेस सांसदको प्रश्न