काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालले महिला भलिबलतर्फ हारबाट यात्रा सुरु गरेको छ ।
नागोया सहरस्थित कोमाकी पार्क एरिनामा बुधबार भएको पहिलो खेलमा नेपाली महिला भलिबल टोली आयोजक जापानसँग सोझो सेटमा पराजित भयो ।
एशियाको शीर्ष वरीयतामा रहेको जापानविरुद्ध नेपालले अपेक्षाकृत कमजोर प्रदर्शन गरेको थियो । नेपाल २५–८, २५–१२ र २५–११ को सोझो सेटमा पराजित भयो ।
नेपाल समूह ‘ए’ मा जापान र इन्डोनेसियासँगै रहेको छ । पहिलो खेलमा पराजित भएपछि नेपाललाई दोस्रो चरणमा पुग्न इन्डोनेसियाविरुद्धको खेल जित्नुपर्ने भएको छ ।
नेपालले बिहीबार इन्डोनेसियासँग दोस्रो खेल खेल्नेछ । उक्त खेल जितेमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गर्नेछ भने पराजित भएमा नवौँदेखि १४औँ स्थानसम्मका लागि क्वालिफिकेसन खेल खेल्नुपर्नेछ ।
एफआईभीबीको विश्व वरीयतामा नेपाल ६९औँ र इन्डोनेसिया ५३औँ स्थानमा छन् । जापान भने विश्व वरीयतामा छैटौँ स्थानमा रहेको छ ।
कुल १४ राष्ट्र सहभागी महिला भलिबलमा चार समूह छन् । प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।
जापानमा सुरु भएको २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपालले बुधबार पहिलो प्रतिस्पर्धा गरेको हो ।







सुनसान छन् सौराहाका होटल, पर्यटक
ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी