काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमणमा जानुहुने भएको छ ।
भारत सरकारको निमन्त्रणामा भ्रमणमा जान लाग्नुभएका मन्त्री वाग्लेको भारत भ्रमणलाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । उहाँ बिहीबार छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँदिल्ली प्रस्थान गर्नुहुनेछ ।
भ्रमण टोलीमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारी सहभागी हुनेछन् । विपद्पछिको पुनर्निर्माणसँगै नेपाल–भारतबीचको आर्थिक, राजनीतिक तथा कूटनीतिक सहकार्यलाई भ्रमणको मुख्य विषय बनाइएको अर्थ मन्त्रालयले जनाएको छ ।
मन्त्री वाग्लेले बिहीबार साँझ ५ बजे भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नुहुनेछ । शुक्रबार उहाँले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
शुक्रबार नै भारतका पूर्वविदेश सचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवादमा मन्त्री वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ । सोही दिन भारत व्यापार प्रवर्द्धन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने भेटघाट कार्यक्रममा समेत उहाँ सहभागी हुने कार्यक्रम छ ।
शनिबार बिहान भारतीय उद्योग परिसंघले आयोजना गर्ने सम्मेलनमा मन्त्री वाग्ले प्रमुख वक्ताका रूपमा सहभागी हुनुहुनेछ । सम्मेलनमा भारतका प्रतिष्ठित औद्योगिक घरानाका प्रतिनिधिको सहभागिता रहनेछ ।
शनिबार दिउँसो उहाँ दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ ।







च्याम्पियन्स लिग : एमबाप्पे र
तेक्वान्दोको निर्णायक मण्डलमा छनोट हुनुभएका
एभरेष्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय
माफ बास्केटबलमा ४४ टोली
बालोन डी’ओर मनोनयन सार्वजनिक
डब्लुटिटी युथ कन्टेन्डरमा प्रतिस्पर्धा गर्न