काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान भारत प्रस्थान गर्नुभएको छ । भ्रमणका क्रममा उहाँले भारतका उच्च अधिकारी, कूटनीतिज्ञ तथा उद्योगी–व्यवसायीसँग भेटवार्ता तथा विभिन्न छलफलमा सहभागिता जनाउनुहुने कार्यक्रम रहेको छ ।
भ्रमणको पहिलो दिन बिहीबार साँझ ५ बजे अर्थमन्त्री वाग्लेले आफ्ना भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नुहुनेछ ।
त्यसैगरी, भ्रमणको दोस्रो दिन शुक्रबार बिहान ९ बजे पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा उहाँ सहभागी हुनुहुनेछ । सोही दिन साँझ ५ बजे उहाँले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्नुहुनेछ ।
शुक्रबार साँझ साढे ७ बजे भारत व्यापार सम्वर्द्धन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने भेटघाट कार्यक्रममा पनि अर्थमन्त्री वाग्ले सहभागी हुनुहुनेछ ।
भ्रमणको अन्तिम दिन शनिबार बिहान साढे ९ बजे भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा उहाँ प्रमुख वक्ताका रूपमा सहभागी हुनुहुनेछ ।
त्यसपछि शनिबार बिहान साढे ११ बजे दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा सहभागी भएर उहाँ शनिबार साँझ ४ बजे नेपाल फर्किनुहुने कार्यक्रम रहेको छ ।
अर्थमन्त्री वाग्लेको भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा तथा इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारीलगायत सहभागी हुनुहुन्छ ।
विपद्पश्चात्को पुनर्निर्माण तथा नेपाल–भारतबीचको आर्थिक, राजनीतिक र कूटनीतिक सम्बन्धका विभिन्न आयाममा सहकार्य गर्ने विषय भ्रमणको मुख्य उद्देश्य रहेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।







त्रिभुवनराजपथ भासिएपछि एकतर्फी यातायात सञ्चालन
नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई
त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईँ समर्थक