जुम्ला । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट जुम्ला जिल्लाका ६३ जना व्यक्ति अझै सम्पर्कविहीन रहेकाछन् ।
प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाइँले कुल ९३ जना सम्पर्कविहीन भएकोमा हालसम्म ३० जना सम्पर्कमा आएका छन् । बाँकी ६३ जना अझै सम्पर्कविहीन अवस्थामा रहेको जानकारी दिनुभयो ।
जसमध्ये पातारासी गाउँपालिकाका मात्रै ४९ जना सम्पर्कविहीन छन् । गाउँपालिकाले ४९ जना बेपत्ता भएका घर परिवारलाई पहिलो चरणमा राहत उपलब्ध गराएको छ । प्रति परिवारलाई ४१ हजारका दरले ४९ जना परिवारलाई आर्थिक राहत उपलब्ध गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिनुभयो ।
पालिकाको कार्यविधिअनुसार तत्काल ३० हजार र सहयोगीदाताले दिएको ११ हजार थपेर ४१ हजारका दरले नगद र एकबोरा चामल उक्त घरपरिवारका सदस्यलाई बुधबार वितरण गरिएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाको भनाइ छ ।
स्थानीय जंगविर बोहोराको अगुवाईमा संकलित ५ लाख ७७ हजार रकमसहित पालिकाको १४ लाख ७७ गरी कुल २० लाख ४७ हजार राहत उपलब्ध गरिएको गाउँपालिकाले जनाएको छ ।
रसुवा स्थित हाँकुजेसी २१६ नम्बर टनेलमा पातारासीका अधिकांश स्थानीयवासी थुनिएका छन् । उद्धार कार्यमा सरकारले निकै ढिलो गरेको स्थानीयवासी भक्त बुढाले गुनासो गरेका छन् ।
भोटेकोशी बाढी गएको २१ दिन बितिसक्दा पनि पातारासीका ४९ जना अझैसम्म सम्पर्कमा नआएपछि जुम्लाबाट आफन्तले डिएनए परिक्षण गरेर पठाईएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।







भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज