काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भव्य स्वागत गर्दै तीनदिने ऐतिहासिक अमेरिका भ्रमण सुरु भएको छ ।
स्थानीय समयअनुसार बुधबार साँझ जोइन्ट बेस एन्ड्रयुज विमानस्थलमा सीको स्वागतका लागि संक्षिप्त समारोह आयोजना गरिएको थियो । सो क्रममा सीलाई रेड कार्पेटसहित स्वागत गरिएको थियो भने सैन्य ‘फ्लाईओभर’ समेत गरिएको थियो ।
स्वागत समारोहमा ट्रम्प र सीले हात मिलाउनुभएकाे थियाे । त्यसपछि दुवै नेता वासिङ्टन डीसीतर्फ प्रस्थान गर्नुभयाे । ट्रम्प स्वयं सीलाई गाडीसम्म पुर्याउन पुग्नुभएकाे थियाे । सो क्रममा दुई नेताबीच संक्षिप्त कुराकानीसमेत भएको थियो ।
सीले आफ्ना प्रतिनिधिमण्डलका एक सदस्यसँगै कुराकानी गर्दै सहमतिमा टाउको हल्लाएको दृश्यसमेत देखिएको थियो ।
ह्वाइट हाउसस्थित संवाददाताहरूका अनुसार सीको स्वागतमा गरिएको यस्तो भव्य तयारीले ट्रम्पले चिनियाँ राष्ट्रपतिको भ्रमणलाई दिएको उच्च महत्त्वलाई संकेत गर्छ ।
तीनदिने भ्रमणका क्रममा ट्रम्प र सीबीच औपचारिक भेटवार्ता, बन्दसत्र बैठक तथा राजकीय भोज आयोजना हुने कार्यक्रम छ ।
दुवै नेताबीच हुने वार्तामा अमेरिका–चीन सम्बन्धसँग सम्बन्धित विभिन्न संवेदनशील तथा रणनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ । ट्यारिफ, आर्टिफिसियल इन्टेलिजेन्स, इरान युद्ध र ताइवानलगायत विषय वार्ताका प्रमुख एजेन्डा बन्ने देखिएको छ ।
विश्वका दुई ठूला अर्थतन्त्र तथा प्रमुख शक्तिबीचको यो भेटलाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ। विशेषगरी व्यापार, प्रविधि, सुरक्षा तथा क्षेत्रीय भू–राजनीतिसँग जोडिएका विषयमा दुई नेताबीच हुने छलफललाई महत्त्वपूर्ण मानिएको छ ।
भ्रमणका क्रममा दुवै पक्षले आफ्ना प्राथमिकता र रणनीतिक चासो प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। वार्ताबाट अमेरिका–चीन सम्बन्धमा कस्तो प्रभाव पर्छ भन्ने विषयलाई समेत चासोका साथ हेरिएको छ ।







कति छ आज विदेशी मुद्राको
दग्नामका यामबहादुरको ५८ वर्षपछि पारिवारिक
चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर
भोटेकोशी बाढी : आठ जिल्लामा
एसिसी प्रिमियर कप : साउदीविरुद्ध
देशभर मनसुनी गतिविधि सक्रिय, यी