बागलुङ । कालीगण्डकी नदीमा आएको भीषण बाढी हेर्न बागलुङ बजारबाट सवारीसाधन रिजर्भ गरेरै डोडेनी पुग्नेहरूको भीड लागेको छ।
आइतबार बिहानैदेखि बागलुङ नगरपालिका–५, ढोडेनीस्थित डोडेनी क्षेत्रमा स्थानीयवासी जिप, अटोरिक्सा र मोटरसाइकल लिएर बाढी हेर्न पुगिरहेका छन्।
ढोडेनीबाट पर्वतको जलजला गाउँपालिका–८, पोर्सेमा बाढी पसेको दृश्य देखिने भएकाले स्थानीय जोखिम मोलेरै तस्बिर, भिडियो र टिकटक बनाउन व्यस्त देखिन्छन्।
बाढी हेर्न आउनेहरूको भीड बढेपछि प्रहरीले उनीहरूलाई सचेत गराउँदै जोखिमपूर्ण स्थानमा नजान आग्रह गरिरहेको छ।





तस्बिर : डम्मर बुढामगर, बागलुङ






टिपरको ठक्करबाट एक जनाको मृत्यु
भोटेकोशी बाढीपछि नेपालको प्रश्न :
तीन दिनमै ८७ हजारभन्दा बढी
मुक्त हलियाको समस्या स्थायी समाधान
साउदी अरेबियालाई ५ विकेटले हराउँदै
बालेनलाई गगनको सुझाव : ‘महासभामा