काठमाडौं । अमेरिकामा सक्रिय नेपाली रक्तदाता संस्था ‘ब्लड डोनर्स अफ अमेरिका’ (बिडिए) ले नेपालमा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आठ हजार ५२२ अमेरिकी डलर सहयोग गरेको छ । बिडिएका वरिष्ठ उपाध्यक्ष टीका पौडेलका अनुसार संस्थाले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आठ हजार ५२२ अमेरिकी डलर सहयोग गरेको हो । ‘ब्लड डोनर्स अफ अमेरिका’को नामबाट ‘गोएन-प्राइम मिनिस्टर डिजास्टर रिलिफ फण्ड’मा उक्त रकम जम्मा गरिएको हो । एनसिएचएल इलेक्ट्रोनिक पेमेन्ट गेटवे (इपिजी)मार्फत् गरिएको कारोबार सफल भएको रसिदमा उल्लेख छ ।
यसैगरी, बिडिएका विभिन्न स्टेट कमिटीहरूले पनि विपद् प्रभावितका लागि छुट्टाछुट्टै सहयोग गरेका छन् । न्युयोर्क स्टेट कमिटीले एक हजार ३००, मेरील्याण्डले एक हजार १०० र फ्लोरिडा स्टेट कमिटीले तीन हजार अमेरिकी डलर सहयोग गरेका छन् । तीनवटै कमिटीबाट गरी पाँच हजार ४०० अमेरिकी डलर सहयोग गरिएको बिडिएले जनाएको छ ।
संस्थाका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरिएको सहयोगसहित बिडिए र यसका स्टेट कमिटीमार्फत् हालसम्म करिब १४ हजार अमेरिकी डलर अर्थात् करिब २१ लाख ५० हजार रुपैयाँ बराबरको सहयोग नेपालमा विपद् प्रभावितका लागि परिचालन गरिएको छ ।
पछिल्लो समय रसुवा र भोटेकोशी क्षेत्रका बाढीपीडित नागरिकलाई राहत तथा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको संस्थाले जनाएको छ । अमेरिकामा नेपाली समुदायलगायत विभिन्न समुदायबीच रक्तदान अभियान सञ्चालन गर्दै आएको बिडिएले रक्तदानसँगै विपद्का समयमा मानवीय सहयोगलाई पनि आफ्नो गतिविधिको हिस्सा बनाउँदै आएको छ । ‘रक्तदानबाट जीवन बचाउने अभियानसँगै विपद्मा परेका नागरिकलाई सहयोग गर्नु पनि हाम्रो मानवीय दायित्व हो’, बिडिएका वरिष्ठ उपाध्यक्ष पौडेलले भन्नुभयो ।







भोटेकोशी बाढी : ट्रमा सेन्टरमा
लागुऔषध खैरो हेरोइनसहित मकवानपुरमा तीन
कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य
भोटेकोशी बाढी : एक हजार
बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र,
क्यासिनोमा नेपाली प्रवेश गराई जुवा