इटहरी । सुनसरीको इटहरीमा ‘सीप तथा रोजगार मेला-२०८३’ सुरु भएको छ । ‘सीप र रोजगारी : साझा जिम्मेवारी’ भन्ने नारासहित सुरु भएको मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ ।
युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा कोशी प्रदेश सरकार तथा स्थानीय आठवटा पालिकाको सहकार्यमा मेला आयोजना गरिएको हो ।
मेलाको उद्घाटन सभामुख डोलप्रसाद अर्यालले गर्नुभयो । श्रममन्त्री रामजी यादवको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहलगायतको सहभागिता थियो ।
मेलाले युवालाई सीप तथा रोजगारीका अवसरसँग जोड्नुका साथै रोजगारदाता र रोजगारी खोजिरहेका जनशक्तिबीच समन्वय तथा सहकार्य बढाउने अपेक्षा गरिएको छ ।







बिपी राजमार्ग अवरुद्ध
कांग्रेसको मतगणना दिउँसो १ बजेपछि
१३ वर्षअघिको रक्तचन्दन तस्करी मुद्दामा
सडक भासिएपछि कलंकीमा मालवाहक सवारीसाधन
पृथ्वी राजमार्ग अवरुद्ध, बसपार्कभित्रै रोकिए
दूरसञ्चार प्राधिकरणले भन्याे : इन्टरनेटको