झापा । नेपाली कांग्रेसका झापा सभापति देउकुमार थेवेले पार्टीको १५ महाधिवेशनको प्रारम्भिक चरणमा विजेता - उपविजेता भएको मानसिकता त्यागेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयाे । "नेतृत्व चयनका बेला भएको प्रतिस्पर्धालाई बिर्सेर एकीकृत हुनुको विकल्प छैन "कनकाई नगरपालिकाको सुरुङ्गामा बुधबार आयोजित झापा - ४ को प्रमाणपत्र वितरण कार्यक्रममा संक्षिप्त धारण राख्दै सभापति थेवेले भन्नुभयाे, " प्रतिस्पर्धा त्यही सकियो, प्रतिस्पर्धालाई बिर्सौँ र एकभएर अघि बढौं ।"
पार्टीको १५ औं महाधिवेशन अन्तर सोमबार भएको पालिका तथा क्षेत्रीय अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधि , निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्रको नेतृत्व तथा प्रदेश अधिवेशन प्रतिनिधि निर्वाचित गरेको छ । अधिवेशनबाट झापा ४ को सभापतिमा पर्शुराम ढुंगाना ४३८ मतसहित निर्वाचित भएका छन् । झापा ४ प्रदेश १ ( क ) मा विनोद ढकाल २७१ र झापा ४ प्रदेश २ ( ख ) मा रोहित ३५३ मतसहित विजयी भएका छन् ।
झापा ४ सभापति थेवेको निर्वाचन क्षेत्र पनि हो । थेवे लोकप्रिय मत ४७९ सहित केन्द्रीय महाधिवेशन प्रतिनिधि विजयी भएका छन् । शिवसताक्षी नगरपालिका - ६ का वडाध्यक्षसमेत रहनुभएका मनोज खुलाल कार्की दोस्रो लोकप्रिय मत ३७२ सहित महाधिवेशन प्रतिनिधि निर्वाचित भए । सो क्षेत्रबाट ३५६ मतसहित भक्तिप्रसाद सिटौला लगातार आठौं पटक महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।
थेवे, कार्की र सिटौलासहित १० खुल्ला महाधिवेशन प्रतिनिधिमा तुला बोखिम ३४७, कार्तिकलाल राजवंशी ३३६, किरण भट्टराई ११३, एकराज उप्रेती ३०८, खड्गबहादुर कार्की २९६, भीमप्रसाद राजवंशी २७९ र सीताराम भट्टराई २७३ मतसहित विजयी भएका छन् ।
गौरादह नगरपालिका - ९ बैगुनधुराका किरण र सीतारामसहित सो वडाबाट चारजना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । सो वडाबाट श्रमजीवी ( श्रमिक ) कोटाबाट राजेन्द्रप्रसाद गौतम र द्वन्द्वपीडित कोटाबाट गोपाल भट्टराई निर्विरोध महाधिवेशन प्रतिनिधि निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
सो निर्वाचन क्षेत्रबाट ३५ वर्षमुनिका एक महिलासहित ३ जना गरि खुल्ला, कोटा र समानुपातिकबाट ३४ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएको निर्वाचन अधिकृत देवेन्द्रसिंह राजवंशीले बताए । उहाँका अनुसार ३५ वर्ष मुनिका युवामा निरोज दुलालले र भुवन बुढाथोकी निर्वाचनबाट र नैना दाहाल निर्विरोध भएका हुन् । सो निर्वाचन क्षेत्रका ८८६ क्षेत्रीय प्रतिनिधि मध्ये ८५८ जनाले मतदान गरेका थिए ।







पश्चिमी र मनसुनी वायुको प्रभाव
नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित
अण्डाको उत्पादन र खपत बढाउन
पुरानो बस नचलाउन भनेका थियौँ
कति छ आज विदेशी मुद्राको
आश्विन कृष्ण औँसी : सोह्र