काठमाडौं । स्वर्गीय जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘अक्षरयात्रा-दशक आठ’ समारोह आयोजना गरिएको छ । वसन्त चौधरी फाउण्डेशन र दुर्गालाल साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा श्रेष्ठको ४५औं दिनको पुण्यतिथिको अवसरमा कार्यक्रम गरिएको हो ।
कार्यक्रमको सुरुवात श्रेष्ठप्रति अक्षरदीप प्रज्वलन, पुष्पार्पण र मौनधारणबाट गरिएको थियो । कार्यक्रममा ‘अक्षरयात्रा-दशक आठ’ वृत्तचित्र प्रदर्शनसँगै ‘६ नवकृति : अक्षरका छ नयाँ दीप’अन्तर्गत श्रव्यदृश्य अनावरण तथा समीक्षा गरिएको थियो ।
श्रेष्ठका कविता तथा गीत प्रस्तुत गरिएको कार्यक्रममा ‘अक्षरमहर्षि सम्मान’ अर्पण गरिएको थियो । कवि वसन्त चौधरीले अक्षराञ्जली, स्मृति कथन तथा रुबाई प्रस्तुत गर्नुभएको थियो । ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ गीतका रचनाकार श्रेष्ठले नेपाल भाषा र नेपाली भाषामा थुप्रै कविता तथा गीत लेख्नुभएको छ । उहाँले सन् २००३ मा नेपाल भाषा परिषद्बाट जनकविको उपाधि तथा २०६७ मा जगदम्बाश्री सम्मान प्राप्त गर्नुभएको थियो ।
विसं १९९२ मा काठमाडौंमा जन्मिनुभएका श्रेष्ठले सन् १९४९ बाट लेखन यात्रा सुरु गर्नुभएको थियो । उहाँको पहिलो कविता ‘दुइथोपा’ सन् १९५२ मा ‘सुस्केरा’ पत्रिकामा प्रकाशित भएको थियो । उहाँका छ दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उहाँको गत साउन ३१ गते बूढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको थियो ।







एसिसी प्रिमियर कप : साउदीविरुद्ध
देशभर मनसुनी गतिविधि सक्रिय, यी
पहिराले खस्दा रोल्पाको सहिदमार्ग अवरुद्ध
अविरल वर्षासँगै बाजुरामा पहिरो, साँफे–मार्तडी
कोरिडोर केन्द्रित कृषि उत्पादन कार्यक्रम
लेदुवा खोलाको पुल सात वर्षदेखि