काठमाडाैं । श्रम संस्कृति पार्टीका सांसद धुर्वराज राईले प्रधानमन्त्री बालेन्द्र साहको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्नुभएको छ ।
बिहीवारको संसद बैठकमा समय माग गर्दै सांसद राईले प्रधानमन्त्री साहको उक्त अभिव्यक्तिले गम्भीर प्रश्न खडा गरेको बताउनु भयो । प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भनी दिएको अभिव्यक्तिप्रति पार्टीको गम्भीर आपत्ति रहेको उहाँको जिकिर छ ।
सभामुखले बोल्नका लागि समय दिएपछि सांसद राईले संसद्को रोस्ट्रमबाट उक्त अभिव्यक्तिप्रति खेद प्रकट गर्दै संसदको मर्यादा कायम राख्न र रेकर्डबाट उक्त विवादास्पद भनाइ हटाउन माग गर्नुभयो ।
संसद्मा श्रम संस्कृति पार्टीले यो विषयलाई मुख्य एजेण्डा बनाइरहेको छ । यसअघि पार्टीका अध्यक्ष हर्कराज राईले समेत प्रधानमन्त्री साहले आफ्नो अभिव्यक्तिको तथ्यगत पुष्टि गर्नुपर्ने वा भनाइ सच्याउनुपर्ने बताउनुभएको थियो ।







कति छ आज विदेशी मुद्राको
दग्नामका यामबहादुरको ५८ वर्षपछि पारिवारिक
चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर
भोटेकोशी बाढी : आठ जिल्लामा
एसिसी प्रिमियर कप : साउदीविरुद्ध
देशभर मनसुनी गतिविधि सक्रिय, यी