पोखरा । पोखरा भ्रमणमा रहेको भुटानको पुरुष क्रिकेट टोलीले लगातार तेस्रो हार बेहोरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहीबार भएको तेस्रो अभ्यास खेलमा भुटान क्यान-११ सँग १३ रनले पराजित भएको हो । क्यान-११ ले दिएको १२४ रनको लक्ष्य पछ्याएको भुटानले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ११० रनमात्र बनाउन सक्यो । भुटानका ओपनर नाम्गे थिन्लेले सर्वाधिक २९ रन बनाउनुभयो । थिन्ले जम्त्सो र सोनाम चोपेलले समान १९ रन जोड्नुभयो भने रञ्जुङ मिक्यो दोर्जीले १२ रन बनाउनुभयो ।
छिरिङ टासीले नौ, कर्मा दोर्जीले चार र सोनाम येशेले पाँच रनको योगदान दिनुभयो । आनन्द मगर १० रनमा अविजित रहनुभयो । तेञ्जिन राब्गे, गकुलकुमार घले र टासी दोर्जीले भने खाता खोल्न सक्नुभएन ।
भुटानको इनिङ ध्वस्त पार्ने क्रममा क्यान-११ का विपिन शर्माले तीन विकेट लिनुभयो । कप्तान विपिन खत्री र युवराज खत्रीले समान दुई तथा दयानन्द मण्डलले एक विकेट लिनुभयो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यान-११ ले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२३ रन बनाएको थियो । सुरुवातमै दबाबमा परेको क्यान-११ को इनिङ कप्तान विपिन खत्रीले सम्हाल्नुभएको थियो । उहाँले ३६ बलमा ५२ रनको अर्धशतकीय योगदान दिनुभयो ।
अर्जुन कुमालले २५ रन बनाउनुभयो । तृतराज दासले चार, मयंक यादवले आठ, दीपकप्रसाद डुम्रेले दुई, सोहिल कुँवरले एक, रसिद खानले आठ, युवराज खत्रीले आठ र आकाश चन्दले दुई रन बनाउनुभयो । विपिन शर्मा तीन रनमा अविजित रहनुभयो ।
बलिङतर्फ भुटानका थिन्ले जम्त्सो, गकुलकुमार घले र सोनाम येशेले समान दुई विकेट लिनुभयो । कर्मा दोर्जी र नेम्गे थिन्लेले एक-एक विकेट हात पार्नुभयो ।
आइसिसी टी-२० विश्वकप एसिया उप-क्षेत्रीय छनोट ‘ए’ को तयारीका लागि पोखरा आएको भुटानले यसअघि गण्डकी प्रदेशसँग खेलेका दुवै अभ्यास खेलमा हार बेहोरेको थियो । भुटानले पोखरा भ्रमणको चौथो तथा अन्तिम अभ्यास खेल शुक्रबार क्यान-११ विरुद्ध खेल्नेछ ।
क्यान ११ को टिममा विपिन खत्री, अर्जुन कुमाल, सोहेल कुँवर, भान्स क्षेत्री, मयंक यादव, तृतराज दास, प्रकाश जैसी, दीपक डुम्रे, त्रिविन श्रेष्ठ, रासिद खान, विपिन शर्मा, युवराज खत्री, दयानन्द मण्डल र आकाश चन्द हुनुहुन्छ ।







देवीघाटमा एक्रो ब्रिज निर्माण तीव्र,
नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२
भोटेकोशी बाढी : ट्रमा सेन्टरमा
लागुऔषध खैरो हेरोइनसहित मकवानपुरमा तीन
कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य
भोटेकोशी बाढी : एक हजार