हिंसा, हत्या र विध्वंसले आक्रान्त भइरहेको विषम अवस्थामा अक्टुबर २ मा गान्धी जयन्ती मनाइँदैछ । वर्तमान भूराजनीतिक अवस्थामा शस्त्रको होडबाजीले अनेकौं राष्ट्रहरूले आफ्ना सुरक्षा खर्चमा अभूतपूर्व बढोत्तरी गरेका छन् । पार्यावरणको समस्याले गर्दा विपत्ति र विनाश मानवको दैनिक जीवनको भाग भइसकेको छ । गान्धीदर्शन संसारलाई शस्त्रबाट शास्त्रमा, विलाशबाट सादगीमा, मोहबाट अपरिग्रहमा र अज्ञानताबाट सत्यको खोजीमा मानवलाई अभिप्रेरित गरेको पाइन्छ । गान्धीका उपासक डा.राममनोहर लोहियाको साम्यवाद र पुँजीवादलाई साम्राज्यवादका मानसपुत्रको रूपमा व्याख्या गरेका थिए । साभ्यवाद र पुँजीवाद भौतिकवादका दुई पँखेटा भएकाले मानवका अतृप्त इच्छालाई बढाएर संसारलाई विनाशको संघारमा लग्नसक्ने डा.लोहियाको तर्क रहेको थियो । वर्तमान अवस्था त्यही अनुरूप केन्द्रित रहेको छ ।
आजको अवस्थामा गान्धीको सार्न्दभिकता महत्त्वपूर्ण रहेको छ । गान्धीदर्शन प्रयोगवाद आधारित रहेको दर्शन हो । जीवनको आरोह र अवरोहमा सत्यसँग साक्षात्कार हुन हरेक दर्शनलाई जीवन पद्धतिको रूपमा गान्धीले प्रयोग गरे । लियो टोल्सटोय, रस्किन थोरो, गोपालकृष्ण गोखले, राइचन्द जस्ता अनेकौं मुर्धन्य व्यक्तिहरूको प्रभाव गान्धीको जीवनमा पाइन्छ । अमेरिकाले स्पेनमा आक्रमण गर्दा थोरोले अमेरिकी सरकारलाई कर बुझाउन इनकार गर्दै गिरफ्तारी दिएका थिए । अर्थात् थोरोले नागरिक अवज्ञा आन्दोलनको सुरुवात गरेका थिए । थोरोको आन्दोलन व्यक्तिगत रहेको थियो । गान्धीले यही सूत्रलाई अपार जनसागरसँग जोड्दै साम्राज्यवाद र उपनिवेशवादलाई चुनौती दिए ।
बीपी कोइराला १० वर्षको किशोर अवस्थादेखि नै गान्धीबाट प्रभावित रहेका थिए । बीपीको सुन्दरीजलको आमरण अनशनदेखि नेपाली कांग्रेसको सत्याग्रहको प्रयोगसमेत गान्धीवादको प्रयोग रहेको पाइन्छ । मार्क्सवादमा अद्भूत पकड भएका बीपीको आर्थिक कार्यक्रममा गान्धीवादको गहिरो प्रभाव रहेको छ । गान्धीको ‘गाउँ’ र बीपीको ‘गाउँ’ बीच सघन सामीप्य रहेको छ ।
अपरिग्रहको अवधारणा गान्धीले टोल्सटोयबाट प्राप्त गरेका थिए । टोल्सटोयले आफ्नो कृति ‘वार एन्ड पिस’बाट मानवको कमजोरीमा प्रहार गरेका थिए । भौतिक आक्रमणबाट तृप्ति नै टोल्सटोयको आग्रह रहेको थियो । गान्धीले यसलाई अपरिग्रहको रूपमा व्याख्या गर्दै मानवको लोभ र आंकाक्षालाई नयाँ सूत्रबाट व्याख्या गरे । अर्थात् पृथ्वीले हरेक मान्छेको पेट भर्न सक्दछ तर एकजनासम्मको अतृप्त लोभ र असिमित आकांक्षालाई पूर्ण गर्न सक्दैन । गान्धी र्माक्सवादको अध्येता नभए तापनि उनका वरिपरि माक्सवादका अद्भूत जानकारहरू थिए । पण्डित नेहरू, जयप्रकाश नारयाण, अर्चाय नरेन्द्रदेव, डा.रामनोहर लोहिया, सम्पूर्णानन्द र आर्चाय कृपलानीको समेत माक्सवादमा गहिरो पकड रहेको थियो । गान्धीले माक्सवादको मूलभूत सूत्रमा प्रहार गरे ।
माक्सवादले शक्तिको स्रोत संगठनमा रहेको जिकिर गरेका छन् भने गान्धीले शक्तिको स्रोत व्यक्तिको चरित्रसँग जोडेको देखिन्छ । किशुनजी यही यर्थातलाई बारम्बार दोहर्याउँदै नैतिक बलबाट नै पञ्चायतलाई ढाल्न सक्ने आग्रह गर्नुहुन्थ्यो । नारीशक्तिबिना राजनीतिक, आर्थिक रूपान्तरण सम्भव हुन नसक्ने गान्धीको आग्रह रहेको थियो । सन् १९२५ ताका भारतीय राष्ट्रिय कांग्रेसमा सरोजनी नायडुलाई पार्टी सभापति बनाउनु एउटा मानव इतिहासको अदभूत घटना रहेको थियो । इतिहासको त्यस कालखण्डमा युरोप र अमेरिकाका नारीहरूलाई मतदानको अधिकारसमेत रहेको थिएन । नेतृत्वको चयन गान्धीको अद्भूत चमत्कार रहेको थियो । भारतीय स्वतन्त्रता संग्राममा हरेक तप्काबाट अब्बल नेतृत्व चयन गर्नमा गान्धी शिल्पी थिए ।
विहारबाट डा.राजेन्द्र प्रसाद, उत्तर प्रदेशबाट जवाहरलाल नेहरू, गुजरातबाट पटेल, तमिलन्नाडुबाट राजगोपालचार्य, बंगालबाट सीआर दास र सुभाषचन्द्र बोष, शिक्षाविद्बाट जाकिर हुसैन र मौलाना आजाद, अर्थशास्त्रीबाट कुमारपा जस्ता अनेकौ नेतृत्वलाई चयन गर्ने गान्धी नै थिए । प्रजातान्त्रिक पद्धतिलाई सफल बनाउन योग्य व्यक्तिलाई योग्यता अनुसार दायित्व दिनुपर्दछ । राजनीतिमा सम्वादको अपरिहार्यतामा गान्धीको सबभन्दा अधिक जोड रहेको थियो । बहस र सम्वाद प्रजातन्त्रको श्वासप्रणाली भएको अनुभूति गान्धीलाई जीवनको सुरुवातमा नै भएको थियो । सन् १९०३ मा नै उनले ‘इण्डियन ओक्षेनीयन’ नामक बहुभाषीक पत्रिका सुरुवात गरेका थिए । सायद यो संसारको सबभन्दा पहिलो बहुभाषिक पत्रिका रहेको थियो ।
निरन्तर पत्राचार, सम्वाद र जिज्ञासालाई पत्रिकाको माध्यमबाट जनतामाझमा पुर्याउन गान्धीले जीवनभर पत्रपत्रिकामा लेखन र सम्पादन गरे । विरोधको स्वरलाई विषेश स्थान दिनुपर्ने गान्धीको आग्रह रहेको थियो । नेहरूको प्रथम क्याबिनेटमा हिन्दु भावभूमिमा मुखर व्यक्तित्व डा.श्यामा प्रसाद र दलितबाट डा.अम्बेडकरलाई गान्धीको विषेश दबाबमा नै मन्त्री बनाइएको थियो । अर्थात् प्रजातन्त्रलाई संस्थागत गर्न विरोधी स्वरलाई यथोचित स्थान दिनुपर्ने प्रयोग गान्धीको रहेको थियो ।
गान्धीको सत्याग्रहको प्रयोग संसारमा यत्रतत्र प्रयोग भएको पाइन्छ । सन् १९५९ मार्टिन लुथरले आफ्नो भारत भम्रणको सेरोफेरोमा गान्धीको सत्याग्रहको प्रयोगको बारेमा चर्चा गर्दै अमेरिकी प्रजातन्त्रलाई सफल बनाउन सत्याग्रहको सबभन्दा विशेष ठाउँ रहेको कुरा उल्लेख गरेका छन् । अस्वेतहरू हिंसालाई प्रयोग गरेको भए अमेरिकीमा सामाजिक अराजकता हुने उनको जिकिर रहेको थियो । सत्याग्रहलाई आन्दोलनको रूपमा प्रयोग गर्नेमा डा.राममनोहर लोहिया, जयप्रकाश नारायण र बीपी कोइरालाई लिन सकिन्छ । किसान सत्याग्रह, गोवा मुक्ति आन्दोलन अमेरिकाको अलवामामा अस्वेतको अधिकारको लडाइँमा डा.लोहियाले सत्याग्रहको प्रयोग गरेका थिए भने जयप्रकाशको ‘सर्वोदय’ आन्दोलन गान्धीवादको नै प्रयोग रहेको थियो ।
बीपी कोइराला दश वर्षको किशोर अवस्थादेखि नै गान्धीबाट प्रभावित रहेका थिए । बीपीको सुन्दरीजलको आमरण अनसनदेखि नेपाली कांग्रेसको सत्याग्रहको प्रयोगसमेत गान्धीवादको प्रयोग रहेको पाइन्छ । मार्क्सवादमा अद्भूत पकड भएका बीपीको आर्थिक कार्यक्रममा गान्धीवादको गहिरो प्रभाव रहेको छ । गान्धीको ‘गाउँ’ र बीपीको ‘गाउँ’ बीच सघन सामीप्य रहेको छ । २००५ सालमा विहारको दरभंगामा गणेशमानजीले ढुंगालाई सिरानी बनाउँदै राणाविरुद्ध संर्घष यात्रा जारी राखेका थिए । गजेन्द्रनारायण सिंहले कपासको सिरानी उनलाई दिँदा उनले इनकार गर्दै राणाशासन समाप्त नहुन्जेलसम्म कपासको सिरानी प्रयोग नगर्ने गणेशमानजीको उद्घोष रहेको थियो । अर्थात् गणेशमानजीले जीवनमा आफ्नो अद्भूत साहस र दृढताको कारण गान्धीवाद नै रहेको कुरा उद्घोष गरेका छन् ।
सुन्दरीजलको बीपीको अनसनताका गणेशमानजी र किशुनजीले डा.लोहियाको नेतृत्वमा गान्धीसँग भेटघाट गरेका थिए । किशुनजीको सादगी र अपरिग्रहमा गान्धीको प्रभाव अधिक रहेको पाइन्छ । नेपालको प्रजातान्त्रिक आन्दोलनको हरेक आरोह र अवरोहमा सत्याग्रहको प्रयोग भएको पाइन्छ । नेपाली मनोग्रन्थीमा गान्धीवादको प्रभावलाई न्यूनीकरण गर्नसमेत मिल्दैन । अर्थात् नेपालीले आफ्नो नेतृत्व त्याग गरेर सामान्य जीवन व्यतित गरून् भन्ने अपेक्षा राख्दछन् जब नेतृत्व घर र दैलो छोडेर महल र विलासिताको बाटो रोज्छ, नेपाली जनताले आन्दोलनको राप र तापले उनीहरूलाई शक्तिहीन र तेजहीन बनाउँछ । गान्धीप्रति श्रद्धासुमन ।







देवीघाटमा एक्रो ब्रिज निर्माण तीव्र,
नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२
भोटेकोशी बाढी : ट्रमा सेन्टरमा
लागुऔषध खैरो हेरोइनसहित मकवानपुरमा तीन
कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य
भोटेकोशी बाढी : एक हजार