काठमाडौं । दुबईबाट इजरायलको तेल अभिबतर्फ उडिरहेको फ्लाई दुबईको उडान संख्या जेड ०७३ मा सवार १७४ जना यात्रु र चालक दलका सदस्यहरूका लागि बुधबारको बिहानी अन्य दिनजस्तै सामान्य थियो । ३० हजार फिटभन्दा माथि आकाशमा उडिरहेको बोइङ विमानमा केही मिनेटभित्रै यस्तो भयावह अवस्था आउला भनेर सायदै कसैले सोचेको थियो होला । तर, भयावह अवस्था आयो । चालक दलका सदस्य र यात्रुहरूको सतर्कता, समन्वय र विशेष गरी क्याप्टेन स्मित मच्छरको एउटा चलाखीका कारण एउटा ठूलो सम्भावित हवाई दुर्घटना टरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
समाचारअनुसार उडान सामान्य रूपमा अगाडि बढिरहँदा एकाएक ककपिटभित्रबाट चिच्याएको आवाज आयो । विमानका सह-पाइलटले अचानक आफ्नै मुख्य क्याप्टेन स्मित मच्छरमाथि धारिलो हतियार प्रहार गरे । सह-पाइलटले विमानको नियन्त्रण पूर्णरूपमा आफ्नो हातमा लिएर सम्भावित दुर्घटना गराउने मनसाय राखेका थिए । क्याप्टेन गम्भीर रूपमा घाइते भएर भुइँमा ढले ।
गम्भीर रूपमा घाइते भएका क्याप्टेन स्मितले बेहोसीमै एउटा चलाखीपूर्ण निर्णय गर्नुभयो । क्याप्टेन स्मितले बेहोस हुनुअघि नै ककपिटको ढोका अनलक गर्ने स्विच थिच्नुभयो र ढोका खोलिदिनुभयो । इजरायली यात्रु यानिव हयुनका अनुसार, क्याप्टेन स्मित ढोकाको यति नजिक ढल्नुभएको थियो कि ढोका पूरै खोल्न गाह्रो भइरहेको थियो । तर, उहाँले आफ्नो अन्तिम सामर्थ्य लगाएर ढोका अनलक गरिदिनु भएको थियो, जसले गर्दा बाहिर रहेका यात्रुहरू र क्रू मेम्बरहरू भित्र छिर्न सफल भए ।
यसरी टर्यो भयानक दुर्घटना
ककपिटबाट चिच्याएको आवाज सुनेपछि यात्रुहरू अगाडि बढे । इजरायली यात्रु मेनेससँगै अन्य दुई इजरायली यात्रुहरू, जसमा यानिव हयुन पनि थिए, उनीहरू ककपिटभित्र प्रवेश गरे । भित्रको दृश्य भयावह थियो । क्याप्टेन स्मित रक्ताम्मे भएर भुइँमा ढल्नुभएको थियो भने आक्रमणकारी सह-पाइलट दुवै सिटको बीचमा उभिएर कन्ट्रोल समातिरहेका थिए । यानिव हयुनले तुरुन्तै आक्रमणकारी सह-पाइलटलाई पछाडिबाट समात्नुभयो र कन्ट्रोल प्यानलबाट तानेर बाहिर हुत्याइदिनुभयो । त्यसपछि तीनजना यात्रुहरू मिलेर आक्रमणकारीलाई पूर्णरूपमा नियन्त्रणमा लिए । नियन्त्रण कायम गर्न उनीहरूलाई करिब २० देखि २५ मिनेट लाग्यो । तर, खतरा अझै टरेको थिएन । आक्रमणकारीलाई पन्छाउने क्रममा विमान तीव्र गतिमा तल खस्न थाल्यो । केही मिनेटमै विमान करिब १६,००० फिट तल खस्यो । संकटको घडीमा यानिव हयुन, जसले जीवनमा कहिल्यै विमान उडाउने तालिम लिनुभएको थिएन, अगाडि सर्नुभयो । हयुनले विमानको स्टेयरिङ ह्विल (कन्ट्रोल) समात्नुभयो र त्यसलाई पछाडितर्फ तान्नुभयो । यसो गर्दा विमानको अघिल्लो भाग माथि उठ्यो र सन्तुलन केही हदसम्म सम्हालियो ।
त्यसै उडानमा फ्लाई दुबईका दुईजना अफ-ड्युटी पाइलटहरू यात्रा गरिरहेका थिए । ती दुई अफ-ड्युटी पाइलटहरूले लगत्तै ककपिटको पूर्ण नियन्त्रण सम्हाले । विमानले सुरुमा सामान्य आपतकालीन कोड ७७०० र लगत्तै गैरकानुनी हस्तक्षेपको संकेत दिने कोड रेडियोमार्फत पठायो । यसलगत्तै इजरायली वायुसेनाका फाइटर जेटहरूलाई पनि अलर्ट गराइयो । पाइलटहरूले विमानलाई सुरक्षित रूपमा छिमेकी देश साउदी अरबको उत्तर–पश्चिममा रहेको ताबुक विमानस्थलतर्फ मोडे र त्यहाँ सफलतापूर्वक इमर्जेन्सी ल्याण्डिङ गराए । विमानमा सवार सबै १७४ जना यात्रु र चालक दलका सदस्यहरू सुरक्षित रूपमा जमिनमा ओर्लिए ।
विमानमै पाइलटको उपचार
विमानभित्रै क्याप्टेन स्मितलाई प्राथमिक उपचार दिइएको थियो । उडानमा सवार इजरायली दन्तचिकित्सक डा. शोता मुसायेवले क्याप्टेनको टाउको र हातबाट अत्याधिक बगिरहेको रगत रोक्न ठूलो मद्धत गर्नुभयो । डा. मुसायेवका अनुसार, अत्याधिक रगत बगेका कारण क्याप्टेनको अवस्था पटक-पटक बिग्रिरहेको थियो । ताबुकमा सुरक्षित ल्याण्डिङ हुनेबित्तिकै क्याप्टेन स्मितलाई साउदी अरबको स्थानीय अस्पतालमा भर्ना गरियो । साउदी अरबस्थित भारतीय दूतावासका अनुसार उहाँको अवस्था हाल स्थिर रहेको र उहाँलाई आवश्यक सबै गहन चिकित्सा सेवा उपलब्ध गराइरहेको जनाइएको छ ।
क्याप्टेन स्मित मच्छर एक अनुभवी र व्यावसायिक पाइलट हुनुहुन्छ । फ्लाई दुबईमा आउनुअघि उहाँले भारतीय एयरलाइन स्पाइसजेटमा एक दशकभन्दा बढी समय काम गर्नुभएको थियो, जहाँ उहाँ ट्रेनिङ क्याप्टेन र नयाँ पाइलटहरूका मेन्टरसमेत हुनुहुन्थ्यो । उहाँसँग बोइङ ७३७–८०० र ७३७ म्याक्स ८ तथा ९ जस्ता आधुनिक विमानहरूमा ९,७५० घण्टाभन्दा बढी उडान भरेको अनुभव छ ।
इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहु स्वयंले सामाजिक सञ्जालमा क्याप्टेन स्मितको बहादुरीको मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ । साउदी अधिकारीहरूले आक्रमणकारी ओमानका सह-पाइलटलाई नियन्त्रणमा लिएर हिरासतमा राखेका छन् । फ्लाई दुबई र इजरायली तथा साउदी अनुसन्धान निकायहरूले घटनाको विस्तृत छानविन सुरु गरेका छन् । ककपिटभित्र हतियार कसरी पुग्यो ? आक्रमणको वास्तविक उद्देश्य के थियो ? के यो कुनै व्यक्तिगत रिसिइबी थियो वा आतंकवादी योजना ? भन्नेबारे अहिलेसम्म आधिकारिक पुष्टि भइसकेको छैन । फ्लाई दुबईले अनुसन्धान पूरा नभएसम्म कुनै पनि अड्कलबाजी नगर्न आग्रह गरेको छ । विभिन्न एजेन्सीहरूको सहयोगमा







चोरीको खसी खरिद–बिक्रीको आरोपमा चार
सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन
चितवनमा फेला परेका ३६२ शवमध्ये
बाँकेमा १६ जनाको ‘डिएनए’ नमूना
भोटेकोशी-त्रिशूली बाढीपीडितप्रति उपत्यकावासीको ऐक्यबद्धता
आज साँझसम्म यातायात सञ्चालन गर्ने