काठमाडाैं । कप्तान क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले यूईएफए नेसन्स लिगमा डेनमार्कमाथि ४–२ को शानदार जित निकालेको छ ।
कोपेनहेगनमा भएको रोमाञ्चक खेलमा पोर्चुगलले सुरुआतदेखि नै आक्रामक खेल प्रस्तुत गरेको थियो । १५औँ मिनेटमा जोआओ कान्सेलोले जोआओ फेलिक्स र गोन्कालो रामोससँगको तालमेलमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाउनुभयाे ।
तर, डेनमार्कले २३औँ मिनेटमा बराबरी गर्यो । म्याहलेको पासमा डाम्सगार्डले उत्कृष्ट फिनिस गर्दै खेल १–१ मा पुर्याउनुभयाे । त्यसको तीन मिनेटपछि नै पोर्चुगलले पुनः अग्रता बनायो । ब्रुनो फर्नान्डेसको पासमा गोन्कालो रामोसले गोल गर्नुभयाे।
दोस्रो हाफको ५३औँ मिनेटमा डेनमार्कले फेरि बराबरी गर्यो । डाम्सगार्डको पासमा रासमुस होयलुण्डले गोल गर्दै स्कोर २–२ बनाउनुभयाे ।
त्यसपछि पोर्चुगलले खेलमा आफ्नो दबाब बढायो । ६७औँ मिनेटमा ब्रुनो फर्नान्डेसको क्रसमा भिटिन्हाले हेडरमार्फत गोल गर्दै पोर्चुगललाई ३–२ को अग्रता दिलाउनुभयाे ।
खेलको अन्तिमतिर मैदान प्रवेश गरेका जोआओ फेलिक्सले डियोगो डालोटको पासमा गोल गर्दै पोर्चुगलको ४–२ को जित सुनिश्चित गर्नुभयाे ।
यस जितसँगै पोर्चुगलले पछिल्ला १३ खेलमा आफ्नो अपराजित यात्रा १२ खेलसम्म कायम राखेको छ ।







मुक्त हलियाको समस्या स्थायी समाधान
साउदी अरेबियालाई ५ विकेटले हराउँदै
बालेनलाई गगनको सुझाव : ‘महासभामा
बाढीले मनास्लु पदमार्ग अवरुद्ध, लार्केपास
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि आंशिक बन्द,
भोटेकोशी बाढी महाविपत्ति हो, पीडितलाई