काठमाडौं । जय नेपाल फाउन्डेशनको आयोजनामा बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ पुस्तकको संयुक्त विमोचन गरिएको छ ।
काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, वरिष्ठ साहित्यकार नवराज लम्साल र अधिवक्ता तथा स्वर्ण पदक विजेता राष्ट्रिय खेलाडी करिना पुरीलगायतले पुस्तकबारे धारणा राख्नुभएको थियो ।
कार्यक्रममा कांग्रेस महामन्त्री पौडेलले लेखक बद्री अर्यालसँगको लामो राजनीतिक सहयात्राको चर्चा गर्दै पुस्तक प्रकाशनप्रति खुसी व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि अर्यालको लेखन तथा प्रकाशन यात्रा निरन्तर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ माथि समीक्षा गर्दै पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पुस्तकले समृद्ध नेपाल निर्माणका लागि आवश्यक आर्थिक आधार, सोच र दृष्टिकोण निर्माणमा योगदान पुर्याउन सक्ने बताउनुभयो । मुलुकलाई समृद्ध बनाउने विषयमा पुस्तकले विभिन्न आधार प्रस्तुत गरेको उल्लेख गर्दै उहाँले विशेषगरी राजनीतिकर्मीका लागि आफ्नो आर्थिक दृष्टिकोण निर्माण गर्न पुस्तक उपयोगी हुने धारणा राख्नुभयो ।
त्यस्तै, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ नयाँ पुस्ताका लागि उपयोगी रहेको बताउनुभयो । उहाँले राजनीतिक दलमा नेतृत्वको भूमिका, कार्यकर्ताको जिम्मेवारी, दलको वैधानिकता, राजनीतिक आचरण, इमानदारिता तथा राजनीतिक दृष्टिकोण निर्माणजस्ता विषय पुस्तकमा उठाइएको उल्लेख गर्नुभयो ।
वरिष्ठ साहित्यकार नवराज लम्सालले दुवै पुस्तकको लेखन तथा प्रस्तुति पक्षको प्रशंसा गर्दै मुलुकको राजनीति, अर्थतन्त्र र समृद्धिका विषयमा चासो राख्ने नागरिकका लागि पुस्तक पठनीय रहेको बताउनुभयो ।
अधिवक्ता तथा स्वर्ण पदक विजेता राष्ट्रिय खेलाडी करिना पुरीले नयाँ पुस्ताले राष्ट्र निर्माणका विषयमा आफ्नो धारणा र दृष्टिकोण निर्माण गर्न यस्ता पुस्तकको अध्ययन गर्नुपर्ने बताउनुभयो । पुस्तकले युवालाई राष्ट्र निर्माण र नागरिक जिम्मेवारीबारे सोच्न प्रेरित गर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा वक्ताहरूले नेपालमा समृद्धिको बहसलाई राजनीतिक नारामा मात्र सीमित नराखी आर्थिक दृष्टिकोण, राजनीतिक संस्कार, नेतृत्वको जिम्मेवारी, सुशासन, उत्पादन, उद्यमशीलता र नागरिक दायित्वसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।
‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ मा उत्पादन, उद्यमशीलता, आर्थिक राष्ट्रवाद, आत्मनिर्भरता, रोजगारी र आर्थिक रूपान्तरणका विषयलाई प्राथमिकताका साथ उठाइएको छ । त्यस्तै ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ मा राजनीतिक नेतृत्व, राजनीतिक दलको भूमिका, लोकतान्त्रिक संस्कार, राजनीतिक आचरण, सुशासन तथा राष्ट्र निर्माणमा राजनीतिक शक्तिको जिम्मेवारीका विषय समेटिएका छन् ।
कार्यक्रमको अध्यक्षता पुस्तकका प्रकाशक हरि पराजुलीले गर्नुभएको थियो भने जय नेपाल फाउन्डेशनका संस्थापक सदस्य तथा अधिवक्ता प्रकाश रावलले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको अन्त्यमा लेखक बद्री अर्यालले पुस्तक समीक्षा तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति, शुभेच्छुक तथा सहभागीप्रति धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा राजनीतिकर्मी, साहित्यकार, पत्रकार, कानुन व्यवसायी, खेलाडी, युवा तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।






साउदी अरेबियालाई ५ विकेटले हराउँदै
बालेनलाई गगनको सुझाव : ‘महासभामा
बाढीले मनास्लु पदमार्ग अवरुद्ध, लार्केपास
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि आंशिक बन्द,
भोटेकोशी बाढी महाविपत्ति हो, पीडितलाई
मकवानपुरमा मादक पदार्थ सेवनपछि कुटपिट,