काठमाडौं । अघिल्लो दिन सामान्य अंकले बढेको सेयर बजारमा आज भने दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ११.९० अंकले घटेर २५८७.२५ विन्दुमा झरेको हो ।
बिहीबार नेप्से ०.२६ अंकले बढेर २५९९.१५ विन्दुमा पुगेको थियो । उक्त दिन ४ अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आज नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । यस दिन ३५६ वटा स्क्रिप्सको १ करोड १९ लाख १२ हजार ५५० कित्ता सेयर ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार १८१ रुपैयाँमा खरिद–बिक्री भएको छ ।
कारोबारमा आएका कम्पनी तथा ऋणपत्रमध्ये एनएमबी डिबेन्चर १०.७५ प्रतिशत–२०८९/९० को मूल्य सर्वाधिक १४.२९ प्रतिशतले बढेको छ । त्यस्तै, १०.७५ प्रतिशत एसबीएल डिबेन्चर २०८९ को मूल्य ८.८० प्रतिशतले बढेको छ ।
यता, सिन्धु विकास बैंकको सेयर मूल्य सर्वाधिक ८.५५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा २६ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्दै १०.७५ प्रतिशत एसबीएल डिबेन्चर २०८९ शीर्ष स्थानमा रहेको छ । रिलायन्स स्पिनिङ मिल्सको १५ करोड, आँखुखोला जलविद्युतको १४ करोड, घलेम्दी हाइड्रोपावरको १३ करोड र हिमालयन डिस्टिलरीको १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका ३५६ स्टक्समध्ये ६१ वटाको मूल्य बढेको छ भने २०७ वटाको मूल्य घटेको छ । ११ वटा स्टक्सको मूल्य स्थिर रहेको छ ।
उपसमूहतर्फ म्युचुअल फन्डबाहेक सबै समूहको सूचक नकारात्मक देखिएको छ ।







आज साँझसम्म यातायात सञ्चालन गर्ने
देवीघाटमा एक्रो ब्रिज निर्माण तीव्र,
नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२
भोटेकोशी बाढी : ट्रमा सेन्टरमा
लागुऔषध खैरो हेरोइनसहित मकवानपुरमा तीन
कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य