काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) बाट इजरायलका लागि उडेको विमानभित्र सहकर्मीले चक्कु प्रहार गरेपछि घाइते भएका भारतीय विमानचालक क्याप्टेन स्मित मच्छारलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अस्पतालमै फोन गरेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
मोदीसँगको भिडिओ संवादका क्रममा क्याप्टेन मच्छार भावुक देखिनुभएको थियो । उहाँले विमानमा सवार १७० भन्दा बढी यात्रुको ज्यान जोखिममा परेपछि आफूले प्रतिकार गरेको बताउनुभएको छ ।
आफूमाथि आक्रमण भएपछि ककपिटको ढोका खोलेर यात्रुलाई भित्र प्रवेश गर्न दिई आक्रमणकारीलाई नियन्त्रणमा लिन सहयोग गरेपछि क्याप्टेन मच्छारको प्रशंसा भइरहेको छ ।
प्रधानमन्त्री मोदीसँगको कुराकानीमा उहाँले आफू घाइते भएर भुइँमा लडिरहेको अवस्थामा पनि ककपिटको ढोका खोल्न अन्तिम प्रयास गरेको बताउनुभयो ।
उहाँका अनुसार त्यसपछि केही यात्रु ककपिटभित्र प्रवेश गरी परिस्थितिलाई नियन्त्रणमा लिन सहयोग गरेका थिए । आफू आफ्नै ज्यान जोगाउन संघर्ष गरिरहेको भए पनि विमानमा रहेका अन्य मानिसलाई मर्न नदिने कुरामा आफू स्पष्ट रहेको उहाँले बताउनुभयो ।
क्याप्टेन मच्छारले आक्रमणका क्रममा आफू भुइँमा लडिरहेको र अझै आक्रमण भइरहेको अवस्थामा विमान तलतिर खसेजस्तो महसुस भएको पनि बताउनुभएको छ । त्यसपछि आफूले केही न केही गर्नुपर्ने निष्कर्षमा पुगेको उहाँको भनाइ थियो ।
दुबईबाट उडेको उक्त विमानलाई पछि साउदी अरबमा सुरक्षित अवतरण गराइएको थियो । विमानमा सवार सबै यात्रु सकुशल रहेको बताइएको छ ।
घटनाका क्रममा विमानले सुरुमा एअर ट्राफिक कन्ट्रोल (एटीसी) लाई आपत्कालीन संकेत पठाएको थियो भने विमान अपहरणमा परेको जनाउ दिने संकेतसमेत पठाइएको थियो ।







सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन
चितवनमा फेला परेका ३६२ शवमध्ये
बाँकेमा १६ जनाको ‘डिएनए’ नमूना
भोटेकोशी-त्रिशूली बाढीपीडितप्रति उपत्यकावासीको ऐक्यबद्धता
आज साँझसम्म यातायात सञ्चालन गर्ने
देवीघाटमा एक्रो ब्रिज निर्माण तीव्र,