काठमाडौं । कस्तुरी प्रोडक्सन प्रालिको प्रस्तुति तथा क्लासिक सिने युनिभर्स प्रालिको सहकार्यमा निर्माण हुन लागेको चलचित्र ‘सिन्दूर’को छायांकन शुक्रबारदेखि दाङबाट सुरु भएको छ ।
लक्ष्मण सुनारको लेखन तथा निर्देशन रहेको चलचित्रमा सञ्जीव सार्की निर्माता र दिनेश सिंह महरा कार्यकारी निर्माता हुनुहुन्छ । सुनारले यसअघि निर्देशन गरेका ‘बुलाकी’ र ‘परालको आगो’ चर्चामा आएका थिए ।
संकल्प भुजेलको छायांकन रहने यस चलचित्रमा प्रशान्त सिवाकोटी, श्रीकृष्ण बम मल्ल र दिनेश ढकालको संगीत रहनेछ । प्रकाश हमाल निर्माण प्रमुख, करणबहादुर साउद मुख्य सहायक निर्देशक र रामजी लामिछाने नृत्य निर्देशकका रूपमा हुनुहुन्छ ।
चलचित्रमा पुष्प खड्का र प्रशंसा रायमाझीको मुख्य भूमिका रहनेछ । निर्माण पक्षका अनुसार चलचित्रको छायांकन करिब एक महिना चल्नेछ । निर्देशक सुनारका अनुसार ‘सिन्दूर’ले महिलाका लागि सिन्दूरको महत्त्व र त्यससँग जोडिएको भावनात्मक कथालाई प्रस्तुत गर्नेछ ।







चोरीको खसी खरिद–बिक्रीको आरोपमा चार
सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन
चितवनमा फेला परेका ३६२ शवमध्ये
बाँकेमा १६ जनाको ‘डिएनए’ नमूना
भोटेकोशी-त्रिशूली बाढीपीडितप्रति उपत्यकावासीको ऐक्यबद्धता
आज साँझसम्म यातायात सञ्चालन गर्ने