काठमाडौं । चलचित्र ‘गौंथली’ले प्रदर्शनको ७५औँ दिन पूरा गर्दै बक्सअफिसमा २६ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ । गत साउन १ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्र बिहीबारदेखि ७६औँ दिनमा प्रवेश गरेको हो ।
निर्माता सुमन गिरीका अनुसार हालसम्म चलचित्रका नौ लाख ४३ हजार ३३१ टिकट बिक्री भएका छन् ।
डा. कपिल रिजाल निर्देशित यस चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल लगायतका कलाकारको अभिनय छ ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचत्रको कार्यकारी निर्माता सरला रिजाल हुनुहुन्छ भने निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहनुभएको छ ।







कति छ आज विदेशी मुद्राको
दग्नामका यामबहादुरको ५८ वर्षपछि पारिवारिक
चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर
भोटेकोशी बाढी : आठ जिल्लामा
एसिसी प्रिमियर कप : साउदीविरुद्ध
देशभर मनसुनी गतिविधि सक्रिय, यी