काठमाडौं । यही असोज ३० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘१२ गाउँ २’ को रोमान्टिक गीत ‘लालीगुराँस’ सार्वजनिक गरिएको छ । आरटी इन्टरटेनमेन्टमार्फत सार्वजनिक गीतमा शिव परियार र शरोदी कुँवरको स्वर तथा युग भुषालको शब्द र संगीत रहेको छ ।
दोलखामा छायांकन गरिएको गीतको भिडियोमा समीर भट्ट र कृशु शाही (काफिया)लाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।
विराज भट्टको निर्देशनमा बनेको चलचित्रमा विराज भट्ट, समीर भट्ट, कृशु शाही, अनुपविक्रम शाही, सुनिल पोखरेल, प्रकाश शाहलगायत कलाकारको अभिनय छ । कृशु शाही र वर्षा इटनीले यही चलचित्रबाट अभिनयमा डेब्यु गर्नुभएको छ ।
सरस्वती भट्ट निर्माता रहेको यस चलचित्रको कथा तथा पटकथा सन्तोष सरकारले लेख्नुभएको हो । महेश पौडेलको छायांकन, बन्दे प्रसादको सम्पादन तथा युग भुसाल र डीपी खनालको संगीत रहेको चलचित्रको वितरण काफिया फिल्मस् र कुबेर सिनेमाले गर्नेछन् ।







बाढीपछि रसुवामा हैजाविरुद्ध २१ हजार
कृष्णभीरमा खोलिएको ‘ट्रयाक’ लाई फराकिलो
खेतमा पानी तान्ने क्रममा करेन्ट
वर्षासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम
भोटेकोशी बाढी : शिक्षण अस्पतालमा
पाल्पाको लोपउन्मुख लाखे संस्कृति जोगाउँदै