तेह्रथुम । प्रमोद खरेल, प्रकाश सपूत र देबेन्द्र बब्लुको संयुक्त सांगीतिक प्रस्तुतिले तेह्रथुमको म्याग्लुङमा भव्य माहोल बनेको छ । ‘सुरताल म्युजिकल टुर २०८३’ अन्तर्गत आयोजित कार्यक्रममा तीनै कलाकारले आफ्ना चर्चित गीत प्रस्तुत गरेका थिए ।
प्रमोदले ‘ओइ झुमा, ओइ झुमा’, प्रकाशले ‘गलबन्दी च्यातियो तिम्ले तानेर’ र देबेन्द्रले ‘मुस्कान बनी ओँठमा आइदेऊ’ लगायतका गीत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्रमोद खरेल एन्ड परम्परा ब्यान्ड, प्रकाश सपूतको भाका नेपाल र देबेन्द्र बब्लुको फिरन्ते ब्यान्डले लाइभ प्रस्तुति दिनुभएको थियो ।
आयोजक प्रशान्त सुनारका अनुसार राति करिब १२ बजेसम्म चलेको कार्यक्रममा १० हजारभन्दा बढी दर्शक सहभागी थिए ।
सुरताल इभेन्ट एन्ड एम्युजमेन्ट प्रालिको आयोजनामा सुरु भएको टुर सातै प्रदेशका १३ सहरमा सञ्चालन हुने जनाइएको छ । तेह्रथुमपछि असोज १७ गते खाँदबारी र १९ गते धनकुटाको हिलेमा कार्यक्रम हुनेछ ।
त्यसपछि महेन्द्रनगर, धनगढी, नेपालगञ्ज, सुर्खेत, तुलसीपुर, बुटवल, चितवन, पोखरा र धरानलगायतका सहरमा पनि कन्सर्ट आयोजना गरिने आयोजकले जनाएको छ ।
प्रमोद, प्रकाश र देबेन्द्रलाई एउटै टुरमा सहभागी गराएर सातै प्रदेशका विभिन्न सहरमा सांगीतिक कार्यक्रम आयोजना गरिएको यो पहिलोपटक भएको आयोजकको दाबी छ ।







भोटेकोशी बाढी : ट्रमा सेन्टरमा
लागुऔषध खैरो हेरोइनसहित मकवानपुरमा तीन
कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य
भोटेकोशी बाढी : एक हजार
बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र,
क्यासिनोमा नेपाली प्रवेश गराई जुवा