काठमाडौं । जेकेएस इन्टरटेनमेन्टको प्रस्तुतिमा चलचित्र ‘द प्रोफेसनल गाइज’ निर्माण हुने भएको छ । निर्माण पक्षले शुक्रबार भिडियो सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरेको हो ।
मार्टिन भण्डारी र डार्विन श्रेष्ठको लेखन तथा निर्देशनमा बन्ने चलचित्र हास्यप्रधान हुने संकेत सार्वजनिक भिडियोले गरेको छ । ‘नयाँ ऊर्जा, नयाँ नियम, प्रोफेसनल गाइज आउँदैछन्’ स्लोगन राखिएको चलचित्र उहाँहरूको दोस्रो सहकार्य हो । यसअघि उहाँहरूले ‘यार्सा : द मिस्टिकल स्टोन’ निर्माण गर्नुभएको थियो ।
अमन श्रेष्ठ र डार्विन श्रेष्ठ निर्माता तथा मार्टिन भण्डारी सह-निर्माता रहेको चलचित्रमा अमन श्रेष्ठ सह-लेखक तथा क्रिएटिभ डाइरेक्टर हुनुहुन्छ । कलाकारको नाम भने सार्वजनिक गरिएको छैन । दशैँपछि कार्यक्रम आयोजना गरी कलाकार, प्रदर्शन मिति र जनराबारे जानकारी गराइने निर्माण पक्षले जनाएको छ ।







कति छ आज विदेशी मुद्राको
दग्नामका यामबहादुरको ५८ वर्षपछि पारिवारिक
चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर
भोटेकोशी बाढी : आठ जिल्लामा
एसिसी प्रिमियर कप : साउदीविरुद्ध
देशभर मनसुनी गतिविधि सक्रिय, यी