काठमाडौं । सातदेखि १३ वर्ष उमेर समूहका चार सय बालबालिकाबाट छनोट भएका १८० प्रतिभा ‘नेशन्स गट ट्यालेन्ट सिजन-३’ को मेगा अडिसनमा सहभागी भएका छन् ।
एएनपी मिडिया हाउसको आयोजनामा गत वैशाखदेखि विभिन्न स्थानीय तहमा सञ्चालन गरिएको अडिसनबाट १८० बाल प्रतिभा मेगा अडिसनका लागि छनोट भएका हुन् । बिहीवारदेखि मेगा अडिसनको भिडियो ओएसआर रियालिटी युट्युब च्यानलमार्फत सार्वजनिक हुन थालेको छ ।
एपीवान स्टुडियोमा छायांकन गरिएको मेगा अडिसनमा निर्देशक तथा कोरियोग्राफर केशव राज भट्ट, कलाकार तथा मोडल राज टाइगर र मोडल कविता न्यौपाने निर्णायक हुनुहुन्छ ।
आयोजकका अनुसार १८० प्रतिस्पर्धीमध्ये ८० जना टेलिभिजन राउन्डका लागि छनोट हुनेछन् । निर्णायकको मूल्यांकनबाट ६० र दर्शकको भोटिङबाट २० जना छनोट गरिनेछ ।
प्रनीमा दाहालले सञ्चालन गरिरहेको शोमा शम्भु प्रसाद रेग्मी संयोजक, अनीता तामाङ प्रशासन प्रमुख तथा लोमशबहादुर कार्की र लबिसकुमार कार्की इभेन्ट म्यानेजर हुनुहुन्छ ।







लागुऔषध खैरो हेरोइनसहित मकवानपुरमा तीन
कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य
भोटेकोशी बाढी : एक हजार
बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र,
क्यासिनोमा नेपाली प्रवेश गराई जुवा
पहिरोको जोखिम मोलेर बजारसम्म कृषि