काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सवारीसाधन दर्तामा देखिएका समस्या समाधानका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको ध्यानाकर्षण गराएको छ ।
नाडाका महासचिव मिलनबाबु मल्लको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले दसैँ नजिकिँदै गर्दा यातायात व्यवस्था कार्यालयमा सवारीसाधन दर्ताको चाप बढेकाले बिक्रेता कम्पनीका प्रतिनिधिले आवश्यक कागजातसहित दर्ता प्रक्रिया पूरा गर्न लामो समय कुर्नुपरेको जनाएको हो ।
प्रतिनिधिमण्डलले दर्ता प्रक्रिया सरलीकरण गर्दै कार्यालयको कार्यचाप व्यवस्थापन गर्न आग्रह गरेको थियो । नाडाका सचिव तथा दुईपांग्रे सवारीसाधन समितिका सभापति मेघराज पौडेलले यसअघि भदौ ८ गते यातायात व्यवस्था कार्यालयका प्रमुख राजन पोखरेलसँग पनि समस्या समाधानबारे छलफल भएको जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी पौडेलले सम्बन्धित यातायात व्यवस्था कार्यालयसँग समन्वय गरी समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । भेटमा नाडाका केन्द्रीय कार्यसमिति सदस्य विमल साह, दुईपांग्रे समितिका सदस्य योगेन गुरुङ र दिपक रौनियारलगायत सहभागी हुनुहुन्थ्यो ।







बाँकेमा १६ जनाको ‘डिएनए’ नमूना
भोटेकोशी-त्रिशूली बाढीपीडितप्रति उपत्यकावासीको ऐक्यबद्धता
आज साँझसम्म यातायात सञ्चालन गर्ने
देवीघाटमा एक्रो ब्रिज निर्माण तीव्र,
नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२
भोटेकोशी बाढी : ट्रमा सेन्टरमा