काठमाडौं । मुक्तिनाथ विकास बैंकले बालकुमारीमा अवस्थित एथलेट ल्यान्ड एन्ड ट्रेनिङ क्लबसँग विभिन्न सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा व्यावसायिक सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकलाई थप सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले उक्त सम्झौता गरेको हो ।
यस व्यावसायिक सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकले उक्त व्यायामशालामा ७.५० देखि १७.५० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त व्यायामशालामा एमएमए, बक्सिङ, एड्भान्स कार्डियो, ग्रुप फिटनेस कक्षाहरू, जुम्बा र योगजस्ता सेवा उपलब्ध रहेको बैंकले जनाएको छ ।
यसका साथै वर्कआउटपछि रिल्याक्सेसनका निम्ति साउना सुविधाको पनि व्यवस्था गरिएको छ । उक्त छुट तथा सुविधा प्राप्त गर्न बैंकका ग्राहकहरूले बैंकको डेबिट कार्ड वा मोबाईल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।







कति छ आज विदेशी मुद्राको
दग्नामका यामबहादुरको ५८ वर्षपछि पारिवारिक
चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर
भोटेकोशी बाढी : आठ जिल्लामा
एसिसी प्रिमियर कप : साउदीविरुद्ध
देशभर मनसुनी गतिविधि सक्रिय, यी