काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३७औँ बैठकले विपद् व्यवस्थापनमा नेपाल चेम्बर अफ कमर्ससहित निजी क्षेत्रले पुर्याएको योगदानको सराहना गरेको छ ।
बैठकको अध्यक्षता गरेका गृहमन्त्री सुधन गुरुङले विपद्का समयमा महत्त्वपूर्ण योगदान पुर्याउने निजी क्षेत्रलाई नेपाल सरकारका तर्फबाट सम्मान गरिने जानकारी दिनुभएको थियो । सरकारबाट निजी क्षेत्रको योगदानको उच्च मूल्यांकन भएको भन्दै चेम्बरले आभार व्यक्त गरेको छ ।
भोटेकोसी बाढीलगायत मनसुनजन्य विपद्का क्रममा खोज, उद्धार, राहत तथा पुनःस्थापनामा गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट भएका पहल र समन्वयलाई चेम्बरले सकारात्मक रूपमा लिएको जनाएको छ ।
चेम्बरले विपद्का बेला सरकारी संयन्त्रसँगै निजी क्षेत्रका स्रोत, साधन, राहत सामग्री, स्वास्थ्य सेवा तथा यातायातलगायत सहयोग प्रभावित क्षेत्रमा पुर्याउन प्रभावकारी समन्वय आवश्यक रहेको जनाएको छ ।
तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्निर्माण, प्रभावित व्यवसायको पुनःस्थापना, आपूर्ति शृङ्खला सुचारु गर्ने र प्रभावित क्षेत्रको आर्थिक गतिविधि पुनः सञ्चालनलाई प्राथमिकता दिनुपर्नेमा समेत चेम्बरले जोड दिएको छ ।






टिपरको ठक्करबाट एक जनाको मृत्यु
भोटेकोशी बाढीपछि नेपालको प्रश्न :
तीन दिनमै ८७ हजारभन्दा बढी
मुक्त हलियाको समस्या स्थायी समाधान
साउदी अरेबियालाई ५ विकेटले हराउँदै
बालेनलाई गगनको सुझाव : ‘महासभामा