काठमाडाैं । मौसम परिवर्तनसँगै धेरै मानिसमा भाइरल ज्वरो, रुघाखोकी, घाँटी खसखसाउने र नाक बन्द हुनेजस्ता समस्या देखिन थाल्छन्। तापक्रममा अचानक उतारचढाव हुँदा विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा श्वासप्रश्वाससम्बन्धी सङ्क्रमणको जोखिम बढ्न सक्छ।
मौसम परिवर्तन आफैँ रोगको मुख्य कारण भने होइन। बदलिँदो मौसममा मानिसहरू बन्द कोठामा बढी समय बिताउने र सङ्क्रमित व्यक्तिसँग नजिक हुने सम्भावना बढ्दा भाइरस फैलिन सक्छ। यस्तै, धुलो, परागकणलगायतका एलर्जी गराउने तत्वका कारण पनि हाच्छिउँ आउने, नाकबाट सिँगान बग्ने र घाँटी खसखसाउने समस्या हुन सक्छ।
भाइरल सङ्क्रमणका सामान्य लक्षण
भाइरल सङ्क्रमण हुँदा सामान्यतया ज्वरो, खोकी, नाक बन्द हुने वा सिँगान बग्ने, घाँटी दुख्ने, टाउको तथा शरीर दुख्ने, थकान र जाडो महसुस हुनेजस्ता लक्षण देखिन सक्छन्।
एलर्जी हुँदा भने बारम्बार हाच्छिउँ आउने, नाक वा आँखा चिलाउने तथा आँसु आउनेजस्ता लक्षण बढी देखिन्छन्। तर लक्षणकै आधारमा मात्रै रोगको कारण निश्चित गर्न भने सकिँदैन।
कसरी बच्ने?
मौसम परिवर्तनका बेला साबुनपानीले नियमित हात धुने, खोक्दा वा हाच्छिउँ गर्दा मुख–नाक छोप्ने, बिरामी व्यक्तिसँगको नजिकको सम्पर्कबाट बच्ने र पर्याप्त आराम तथा निद्रा लिनु उपयोगी हुन्छ।
यस्तै, पर्याप्त पानी पिउने, पौष्टिक खाना खाने र घर तथा कोठामा हावा आवतजावतको उचित व्यवस्था मिलाउनुपर्छ।
भाइरल सङ्क्रमणमा सामान्यतया एन्टिबायोटिक प्रभावकारी नहुने भएकाले चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक सेवन गर्नु हुँदैन।
कहिले चिकित्सकलाई देखाउने?
ज्वरो निरन्तर रहिरहेमा, अवस्था बिग्रँदै गएमा, सास फेर्न गाह्रो भएमा, छाती दुखेमा वा अत्यधिक कमजोरी तथा शरीरमा पानीको कमीका लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिनुपर्छ। बालबालिका, वृद्धवृद्धा तथा अन्य गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिमा लक्षण बढेमा विशेष सावधानी अपनाउनुपर्छ।






कृष्णभीरमा खोलिएको ‘ट्रयाक’ लाई फराकिलो
खेतमा पानी तान्ने क्रममा करेन्ट
वर्षासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम
भोटेकोशी बाढी : शिक्षण अस्पतालमा
पाल्पाको लोपउन्मुख लाखे संस्कृति जोगाउँदै
कृष्णभीरमा खोलिएको ट्र्याक फराकिलो बनाइँदै,