काठमाडाैं । काठमाडाैंको मुख्य सहरी क्षेत्रमा आज र भोलि लामो समयसम्म विद्युत् कटौती हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले शनिबार सूचना जारी गर्दै थापाथली, त्रिपुरेश्वर, बबरमहल, सुन्धारा, रानीपोखरीलगायतका दर्जनौँ क्षेत्रमा ३ घण्टादेखि ७ घण्टासम्म विद्युत् आपूर्ति कटौती हुने जनाएको हो ।
प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्रअन्तर्गतका केही फिडरबाट सुन्धारा स्विचिङ स्टेसनमा लोड सिफ्ट गर्ने प्रयोजनका लागि विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो ।
विद्युत् कटौती हुने क्षेत्र र समय प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार फरक–फरक रहनेछ ।








कांग्रेसको नयाँ नेतृत्व चयनका लागि
पोखरामा स्कुल बस दुर्घटना, १८
पोखरामा स्कुल बस दुर्घटना अपडेट
उखु किसानलाई एक अर्ब ५०
चाडबाड लक्षित सुरक्षा : पोखराका
अनुगमन र भुक्तानीमा कर्मचारीको चासो